Happy New Year-2016 : न्यू इयर ईभका लागि (आज राति) ‘एडल्ट ठमेल’ !!
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

-एमपी सुब्बा

काठमाडौ । केही समयपछि ठमेलमा अंग्रेजी नयाँ वर्ष २०१६ को रमझम सुरु हुँदैछ । यो ‘ईभ’ सन् २०१५ लाई विदाई र २०१६ को स्वागतका लागि हो । तर, १८ वर्ष उमेर मुनिका लागि ठमेलमा आयोजना हुन लागेको ‘न्यु इयर इभ’ ‘कागलाई बेल पाक्यो हर्ष न विस्पात’ भने जस्तै भएको छ । अर्थात् आज ठमेल क्षेत्र ‘एडल्ट’ बनेको छ । जहाँ प्रवेश गर्न १८ वर्ष उमेर कटेको हुनपर्ने छ । ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्षको अवसरमा अहिले कार्यक्रम गर्न लागेको हो । तर, उसले १८ वर्षभन्दा कम उमेर समूहकालाई प्रवेश रोक्ने जनाएको छ ।

thamel
परिषदका अध्यक्ष रामशरण थपलियाका अनुसार कार्यक्रम अहिले बेलुका साढे ८ बजेदेखि सुरु हुँदैछ । यो राती साढे १२ बजेसम्म जारी रहनेछ । उनले कार्यक्रममा १८ वर्षभन्दा कम उमेरका मानिसलाई प्रवेश नदिने बताए । हुन त भूकम्पपछि पछिल्लो समय ठमेल २४सै घण्टा खुल्ला गर्ने तयारी भइरहेको छ । यो कुरा उनले स्वीकारे पनि आजका दिन अर्थात् ‘अंग्रेजी नयाँ वर्षको स्वागतार्थ’ हुने कार्यक्रमलाई सुरक्षाको दृष्टिकोणले ‘एडल्ट’ बनाइएको हो ।
‘न्यु इयर ईभ’को अवसरमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल पनि सहभागी हुने भएका छन् । नेपालको राजधानीको मुटु मानिएको ठमेल पर्यटकको पहिलो गन्तव्य स्थल मानिन्छ । यसका लागि  उद्योगी तथा व्यवसायीहरु आफै लागि परेको थपलियाले बताए । विद्युत प्राधिकरणले ‘न्यु इयर ईभ’मा ठमेललाई लोडसेडिङ मुक्त बनाउँदै छ ।

Comments