‘डम्फूको तालमा’ उत्तम र वाली (भिडियो हेर्नुुस्)
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

काठमाडौं । गायक उत्तम थापामगर र गायिका वाली मोक्तान ‘डम्फूको तालमा’ देखिएका छन् । गायकै उत्तमकै शब्द तथा संगीत रहेको शेलो पप ‘डम्फूको तालमा’ गीतको म्युजिक भिडियोमा गायिका वाली र रोशन लामाले मोडलिङ गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् । केही दिनअघि मात्र रिलिज गरिएको यस म्युजिक भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ ।

Utam

Uttam Thapa Magar

wali 2

‘मायामा’ एल्बममार्फत औपचारिक रुपमा लागेका गायक उत्तमले त्यसपछि ‘भ्वाइस रेकर्ड’ ल्याएका थिए । यस एल्बमको गीत ‘विदेसिएको साथीहरुलाई सम्झेर’ श्रोता÷दर्शकले निकै रुचाएका थिए । विशेषगरी रोजगारीको सिलसिलामा विदेसिएका नेपालीका लागि उक्त गीत चर्चित बनेको थियो । केही समयअघि मात्र उत्तमले आफ्नो तेस्रो एल्बमका रुपमा ‘उत्तम’ ल्याएका थिए । यस एल्बमको ‘मै काले’, मैच्याङको गालैमा’जस्ता गीत अहिले चर्चामा छन् । हालै सार्वजनिक ‘डम्फूको तालमा’ गीत वालीको एल्बमको हो ।

Comments