२१ युवा ‘मिस्टर नेपाल’मा भिड्दै
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

काठमाडौ । एक्सपोज नेपालले आयोजना गरेको पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल–२०१६’ का लागि २१ युवा छानिएका छन् । राजधानी र मोफसल गरी अन्तिम स्पर्धाका लागि उनीहरु छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शिर्ष उपाधिका लागि भिड्नेछन् । ‘मिस्टर नेपाल’को यो १४औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्र्ड–२०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने व्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए ।

Mr nepal

युवाको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने जिम्मेवार नागरिक बनाउने उद्देश्य प्रतियोगिताको रहेको छ । अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि रक क्लाइमिङ ,स्वमिङ, फुटबल ,सर्ट हाइकिङग ,समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व विकाशलगायतका प्रशिक्षण दिइनेछ ।

Comments