आइडीवाली खोज्दै भेडेटारमा भुवन (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १६ पुष बिहीबार
no img

-एमपी सुब्बा

काठमाडौं । गायक भुवन सुप्तिहाङ राई हङकङको ‘आइडीवाली’ खोज्दै भेडेटार पुगेका छन् । पछिल्लो समय ‘मायाको फूल’ एल्बममार्फत चर्चामा आएका भुवन बुधबार धरानदेखि केही किमिमाथि भेडेटारमा ‘आईडी छ कि छैन बहिनी सारै दुःख पाइयो’ भन्दै गरेको भेटिए । उमेर धेरै खाएकाले गोरखा भर्ती पनि जान नपाएको उनी गुनासो गर्दै ‘आइडीवाली’ सोध्दैथिए । भुवनले आइडीवालीको खोजी गरिरहेको दृश्यलाई छायांकार युवराज राईले आफ्नो क्यामेरामा कैद गरिरहेका थिए ।

bhuwan vedio (6)
प्रशंग म्युजिक भिडियो छायांकनको हो । भुवनकै स्वर रहेको ‘आईडी छ कि छैन बैनी सारै दुख पाइयो’ गीत भेडेटार र त्यस आसपासमा छायांकन गरिएको छ । संगीतकारका रुपमा समेत चर्चामा आइरहेका भुवनले आफ्नो गीतको भिडियो निर्देशन पनि उनैले गरेका छन् । आफ्नो म्युजिक भिडियोमा उनले रोशिमा राई र हेमेन्द्र राईलाई मोडलिङ गराएका छन् । केही दिनअघि मात्र काठमाडौंमा संगीत कम्पोज गर्न व्यस्त रहेका भुवनले धरान पुगेर आफ्नो अर्को गीतको पनि म्युजिक भिडियो निर्माण गरेका छन् ।

1

भुवनले ‘आईडी छ कि छैन बैनी सारै दुख पाइयो’ र ‘माया फूल टिपि सिरैमा सिउरी दिउँला’ गीतको भिडियो पूर्वमा छायांकन गरेका हुन् । यी दुवै भुवनलाई चिनाउने गीत हुन् । जतिखेर हङकङ आइडीको लहर चलेको थियो, त्यचिखेर ‘आईडी छ कि छैन बैनी सारै दुख पाइयो’ गीत गाएर उनी चर्चामा आएका थिए । त्यस्तै, पछिल्लो समय ‘मायाको फूल’बाट पनि भुवनले रामै्र चर्चा बटुले । यी दुवै गीतको भिडियो निर्देशन उनले गरेका छन् भने मोडल र प्राविधिक पनि एउटै राखेका छन् । ‘मायाको फूल’ को शीर्ष गीतलाई भेडेटार, ईटहरीको ओसन पार्कलगायतका स्थानमा छायांकन गरिएको भुवनले बताए । उनले यसै गीतमार्फत म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका हुन् । भुवनले भने, ‘यी मेरो म्युजिक भिडियो निर्देशनमा डेब्यु हुन् । सकेसम्म राम्रो गर्ने प्रयास गरेको छु ।’

bhuwan vedio (2)

पहिलोपटक भिडियो निर्देशन गरेको भुवन आफ्नो निर्देशन कार्यबाट सकरात्मक अपेक्षा गरेका छन् । उनले आफ्नो म्युजिक भिडियो निर्माणबारे धरानबाटै जानकारी गराउँदै भने, ‘म भोली वा पर्सी काठमाडौं आइपुग्नेछु ।’ अर्को साता हङकङमा हुने सांगीतिक कार्यक्रममा जान लागेकाले पनि काठमाडौं फर्किन हतार भएको उनले बताए ।

bhuwan vedio (4)

bhuwan vedio (5)

Comments