जापान बसेर नेपाली संगीतमा शान्ताको ‘बाचा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १५ पुष बुधबार
no img

काठमाडौ । परदेशमा रहेर स्वदेशी गीत संगीतलाई माया गर्ने र त्यसको बिस्तारमा लाग्ने थुप्रै स्रष्टा छन् । तीमध्येकी एक हुन् गायिका शान्ता जिसी । शान्ता केही समययता जापानमा बस्ने गर्दछिन् । तर, उनको नेपाली गीत संगीतको बजारमा उपस्थिती उस्तै देख्न पाइन्छ । उनले नेपाली सांगीतिक बजारलाई भर्खरमात्र एल्बम ‘बाचा’ दिएकी छन् । बुटवलको बागेश्वरी संगीत बिद्यालयमा ७ बर्ष संगीतको प्रशिक्षणपछि उनले यो एल्बम ल्याएको बताइन् । उनले एल्बमको हालै एक सार्वजनिक कार्यक्रममा बिमोचन गरेकी हुन् ।

shanta 122c

एल्बममा ‘बाचा बाचा’, ‘कहु कहु’, ‘न रबिले’, ‘तिमी मन्दिर’, ‘ओठले होइन आखाले’, ‘सबैले भन्छन्’, ‘पलपल’जस्ता बोलका गीत छन् । एल्बममा डा. कृष्णहरि बराल, तुलाराम थापा, शोभा पुन, कमला क्षेत्री, सुमन श्रापित, सुरेश सेन्चुरीलगायतको शब्द रहेको छ भने संगीत सन्तोष श्रेष्ठ, सुरेश सेन्चुरी, बिबी अनुरागीले दिएका छन् । एल्बमका केही गीतमा शान्तालाई गायक राजेशपायल राई र स्वरुपराज आचार्यले साथ दिएका छन् । एल्बममा रहेको ‘बाचा बाचा’ बोलको गीतको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा पुष्प खड्का र अनु शाहले अभिनय गरेका छन् ।

Comments