थाई कम्पनी पेभिमोलका सौन्दर्य उत्पादन अब नेपाली बजारमा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १५ पुष बुधबार
no img

काठमाडौं । सौन्दर्य पारखीका लागि खुुसीको खबर छ । थाइल्याण्डको विश्वप्रसिद्ध सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी पेभिमोलले काठमाडौंमा आधिकारिक रुपमा आफ्ना उत्पादनको कारोबार सुरु गरेको छ । पेभिमोलका उत्पादनलाई नेपाली बजारमा फ्रि व्हील प्रालिले पहिलोपटक काठमाडौंबाट बिक्री वितरण सुरु गरेको हो ।

मंगलबार राजधानीमा एक भव्य समारोहबीच विश्वस्तरियर स्किन केयर उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु गरेको फ्रि व्हीलले जनाएको हो ।

IMG_4293

कार्यक्रममा वातावरण मन्त्री पासवन, अभिनेत्री करिश्मा, फ्रि व्हीलकी निर्देशन प्रतिमालगायत । तस्बिर शिवलाल श्रेष्ठ ।

कार्यक्रममा वातावरण मन्त्री विसेन्द्र पासवन, अभिनेत्री करिश्मा मानन्धर, फ्रि व्हीलकी निर्देशन प्रतिमा थापा कार्कीलगायतले पेभिमोलका उत्पादन शो गरेर नेपालमा बिक्री वितरण सुरु गरिएको घोषणा गरेका थिए । कार्यक्रममा केही मोडलहरुले समेत -याम्प शोमार्फत सौन्दर्य सामग्री प्रस्तुत गरेका थिए ।

IMG_4244

पहिलो चरणमा काठमाडौंको खिचापोखरी र नयाँ बानेश्वरबाट आउटलेट खोली कारोबार सुरु गरिएको फ्रि व्हीलकी निर्देशक प्रतिमाले जनाइन् । उनका अनुसार त्यसपछि दोस्रो चरणमा धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगञ्जलगायतका सहरमा पनि कारोबार सुरु हुनेछ ।

IMG_4302

कार्यक्रममा पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्ध निर्देशक कमोल चाइवातानामेथिनलगायतका तीन प्रतिनिधिको पनि सहभागिता थियो । पछिल्लो समय आफ्नो विश्व प्रसिद्ध सौन्दर्य उत्पादनले नेपाली बजारमा कारोबार सुरु गरेकामा निर्देशक कमोलले खुसी व्यक्त गरे ।

IMG_4233

कम्पनीका निर्देशक कमोलका अनुसार नेपालमा पेभिमोलका केए क्रिम, केए नाइट सेरुम, केए युभी, बडी लेसन, लिप केयर, बडी स्प्रे, हेयर जेल, फेस क्रिमलगायतका ६५ उत्पादन नेपालमा बिक्री वितरण हुनेछ । यो कम्पनीका उत्पादनमध्ये केए युभी प्रोटेक्शन ह्वाइटिनिङले सन् २०१४ मा ‘कोस्मो रिडर्स च्वाइज अवार्ड पाएको थियो भने २०१५ मा ‘कोस्मोपोलिटन किस ब्युटि अवार्ड’ पाएको थियो । त्यस्तै, पेभिमोल कम्पनीले थाइल्याण्डको स्वास्थ्य मन्त्रालयअन्र्तगत थाइ फुड एण्ड ड्रग्स विभागबाट २०१४ र २०१५ मा गुणस्तर अवार्ड प्राप्त गरेको थियो । तस्बिरहरु शिवलाल श्रेष्ठ ।

Comments