ओम सुनारको संगीतमा सविन र रोमानियाकी आनाको रोमान्स (भिडियो)
screennepal
प्रकाशित: २०७२, १४ पुष मंगलवार
no img

काठमाडौं । नेपाली चलचित्र ‘नमस्ते नेपाल’ को एउटा गीत यु–टेयुबमार्फत रिलिज गरिएको छ । ‘लैजान्छु तिमीलाई जहाजमा चढाई मेरो गाउँमा…’ बोलको गीतलाई मंगलबार (आज) रिलिज गरिएको हो । पछिल्लो समयका चर्चित संगीतकार तथा गायक ओम सुनारको संगीत रहेको यस गीतमा भर्सटायल गायक राजेशपायल राई र शितल मोक्तानको स्वर रहेको छ । यस गीतको शब्दरचना दामोदर रहेको छ । राजु शाहको निर्देशन रहेको यो चलचित्र आगामी फेब्रुअरीमा बेल्जियममा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

Namaste-Nepal-3

चलचित्रमा सविन श्रेष्ठ र रोमानियाकी मोडल आनाको रोमान्स हेर्न सकिन्छ । यो चलचित्र विभिन्न देशमा च्यारिटी पछि मात्र नेपालमा रिलिज गरिने जनाइएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन बेल्जियमलगायतका युरोपियन देशहरुमा गरिएको हो ।

https://www.youtube.com/watch?v=k_g5RfSOTi8

Comments