सांगीतिक क्षेत्रमा माथि–माथि उड्दै ‘उडि जाने गायिका’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १३ पुष सोमबार
no img

काठमाडौं । भनिन्छ, जस्तो काम, त्यस्तै फल मिल्छ । यो भनाई गायिका सरस्वती लामा भुजेलको सांगीतिक करिअरमा ठ्याक्कै मेल खाएकोे छ । उनले छोटो समयमै सांगीतिक ट्याग पाएकी छन् । ‘उडि जाने हावाले…’ गीत हिट भएपछि हिजोआज श्रोता÷दर्शकले उनलाई ‘उडि जाने गायिका’ भन्न थालेका छन् ।

कलाकारले आफ्नो कामबाट ‘ट्याग’ पाउनु पक्कै सफलता मानिन्छ । यो कुरा उनी पनि स्वीकार्छिन् । सरस्वती भन्छिन्, ‘उडि जाने हावाले…’ गीत श्रोता तथा दर्शकले एकदमै रुचाएका छन् । गीत रुचाएकै कारण कन्सर्टतिर जाँदा मलाई उडि जाने गायिकासमेत भन्न थालेका छन् ।’ रक फ्लेभरको यो गीत सरस्वतीको ‘उत्तर–पूर्व’ एल्बमको हो । जुन एल्बम उनले केही महिनाअघि मात्र सार्वजनिक गरेकी हुन् । तर, एल्बम रिलिज गरेयता दुई दर्जनभन्दा बढी कन्सर्ट गर्न भ्याइसकेको उनले बताइन् ।

saraswati ‘उडि जाने हावाले…’ गीतको शब्ददेखि म्युजिक भिडियो निर्देशनसम्म उनैले गरेकी छन् । यस गीतको म्युजिक भिडियोमा सरस्वतीले मोडलिङसमेत गरेकी छन् । गायनका अलाव शब्दरचना, संगीत कम्पोज र म्युजिक भिडियो निर्देशनसमेत आफैले गरेकी गायिका सरस्वती भन्छिन्, ‘मेरो मोडलिङमा पनि राम्रै प्रतिक्रिया आइरहेको छ । केहीले मलाई मोडलिङका लागि समेत प्रस्ताव राख्न थालेका छन् ।’ हुन त सरस्वती गायनमात्रै दख्खल राख्दिनन् । उनी डान्समा पनि उत्तिकै प्रखर छिन् । शास्त्रीय संगीतको ज्ञान हासिल गरेकी सरस्वती साल्सा र जुम्बा डान्सको पौरखी हुन् । त्यसैले म्युजिक भिडियो निर्देशन गर्न आफूलाई गाह्रो नहुने उनी बताउँछिन् ।

saraswoti lama सरस्वतीले ‘उत्तर–पूर्व’ करिब ७ वर्षको अथक साधनापछि ल्याएकी हुन् । संगीतबारे बुझेर गायनमा लाग्दा राम्रो होला भनेरै ढिलोगरी  एल्बम ल्याएको उनले बताइन् । ‘संगीत बुझ्दै जाँदा गाह्रो रहेछ’ उनले भनिन्, ‘तैपनि बुझेर गाह्रै भएपनि सजिलोगरी एल्बम ल्याएँ ।’ एल्बम ल्याएपछि उनका गीतहरु श्रोताले रुचाए र रुचाइरहेका छन् । तर, एल्बमको नामबारे श्रोताले अनविज्ञतासमेत प्रकट गरेका छन् । यसबारे उनले भनिन्, ‘एल्बमको नाम मैले ज्योतिषशास्त्रअनुसार राखेकी हुँ । मलाई ‘उ’ शब्द फाप्छ । अर्को सोलुखुम्बुमा जन्मिएकी जन्मेकी हुँ । सोलुखुम्बु राजधानीबाट उत्तर–पूर्व पर्छ । त्यसैले एल्बमको नाम पनि उत्तर–पूर्व राखेकी हुँ ।’ सरस्वतीको ‘उत्तर–पूर्व’ मा चार वटा गीत छन् । जसमा अधिकांश गीत रकशैलीका छन् ।

रक तथा त्यस्तै रक शैलीका फास्ट बीट गीतमा आफ्नो स्वर सुहाउँने उनको भनाइ छ । ‘हुन त म सबै किसिमका गीत गाउँछु’ उनले भनिन्, ‘तर मेरो स्वर मोटो भएकाले रक अलि बढी सुहाउँछजस्तो लाग्छ ।’ केही आइटम गीत गाउनका लागि अफरहरु आइरहेको पनि उनले सुनाइन् । उनले आफ्नो स्वर आइटम गीत सुहाउँदो भएको पनि बताइन् । सरस्वतीले भनिन्, ‘यो साताभित्र केही चलचित्रमा आइटम गीतमा स्वर दिँदैछु ।’ नेपाली रक गायिकाको रुपमा अगाडि बढिरहेकी ‘उडि जाने गायिका’ सरस्वतीको रक गीत ‘उडि जाने हावाले…’ को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुुस् ।

Comments