अनिलाको ‘स्वरांकन’अघि ‘तिमीबाहेक’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ११ पुष शनिबार
no img

 काठमाडौं । गायिका अनिला राई यतिखेर आफ्नो दोस्रो आधाुनिक एल्बम ‘स्वरांकन’ ल्याउने तयारीमा छिन् । लोकगायनमार्फत सुगमसंगीतमा होमिएकी अनिलाले ‘स्वरांकन’ यही आउँदो जनवरी पहिलो सात सार्वजनिक गर्दैछिन् । लोकगायनमा जति आफ्नो प्रभाव जमाइन्, त्यति नै सुगम गायनमा पनि उनको माधुर्यता सुन्न सकिन्छ । यसअघि आधाुनिक एल्बम ‘द लाईफ’ ल्याएकी अनिलाले थिइन् । उक्त एल्बमका गीतले सुगमसंगीतमा उनलाई रामै्र जमाएको थियो । त्यसैको फलस्वरुप उनी ‘स्वरांकन’ ल्याउन हौसिएकी हुन् ।

anila rai

करिब एक दशकयता बेलायत बस्दै आएकी अनिला एल्बमकै लागि नेपाल आएकी हुन् । एल्बम रिलिजलगत्तै बेलायत फर्किने उनले बताइन् । ‘अब दुई सातामात्र नेपाल बस्छु’ उनले भनिन्, ‘यस समयभित्र एल्बम रिलिज गर्नुछ ।’ अनिलाको अघिल्लो एल्बम अर्थात् ‘द लाईफ’ को ‘तिमीबाहेक’ बोल गीतको करिब डेढ वर्ष अघि निर्माण भएको म्युजिक भिडियो यहाँ प्रस्तुत गरेका छौं ।  यस गीतमा अनिलालाई गायक दीपक लिम्बूले स्वरमा साथ दिएका छन् । दर्शक तथा श्रोताले अत्याधिक रुचाएका यो गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुुस् ।

https://www.youtube.com/watch?v=1eb-S-Ff2OM

Comments