‘लाइफ टाईम’ प्रेमध्वज र ‘संगीतरत्न सम्मान’ राजेशपायललाई
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकै ठूलो मानिएको विन्ध्यवासिनी अवार्ड शुक्रबार राजधानीमा प्रदान गरिने भएको छ । छैटौं संस्करणको यस अवार्डमा यसपटक ‘बिन्ध्यबासिनी लाईफटाईम अचिभमेन्ट अवार्ड–२०७२’ बाट बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई सम्मानित गरिने भएको छ ।

सो अवार्डको राशी नगद ५१,१,५१ (एकाउन्न हजार एक सय एकाउन्न) रुपियाँ रहेको छ । गायक प्रधानले आप्mनो सुमधुर स्वरलहरीबाट यस क्षेत्रलाई पु¥याएको अतुलनिय योगदानको कदर गर्दै यो सम्मान दिन लागेको आयोजक विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् ।

Premdwojत्यसैगरी पत्रकारितामार्पत नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका पत्रकारलाई २ वर्षदेखि प्रदान गरिँदै आएको छ । यस वर्षको बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७२ बाट कान्तिपुर साप्ताहिकका पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरिने भएको छ ।

यो सम्मानको राशी २५,५,२५ (पच्चीस हजार पाँच सय पच्चीस) रुपियाँ रहेको छ । त्यस्तै यस वर्षको बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२ बाट नेपाली संगीत क्षेत्रका बरिष्ठ गायक राजेश पायल राईलाई सम्मानित गरिने भएको छ । यो सम्मानको राशी १५,५,१५ (पन्ध्र हजार पाँच सय पन्ध्र) रुपियाँ रहेको छ। यसै वर्ष पहिलोपटक बिन्ध्यबासिनी चलचित्र सम्मान २०७२ संसारकै सबैभन्दा सानो उमेरका निर्देशक सौगात बिस्टलाई प्रदान गरिने भएको छ । यसको राशी १०,००१ (दश हजार एक) रुपियाँ रहेको छ। नेपाली संगीत क्षेत्र धराशयी अवस्थामा पुगेका बेलासमेत विन्ध्यवासिनी फाउण्डेसनले संगीत क्षेत्रमा उर्जा भर्दै यसलाई गतिशिल बनाउन हरेक वर्ष अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Rajeshpayal

नेपालि गीत संगीतलाई मर्यादित र ब्यबस्थित बनाउने महान अभिप्राय बोकेको बिन्ध्यबासिनीले संगीतका सबै विधा र श्रस्टा कलाकारसंगै संगीत ब्यबसायीलाई पनि सम्मान गर्दै आएको फाउण्डेसनका सदस्य सुवास कार्कीले बताए । बिन्ध्यबासिनी अवार्डको छैटौं संस्करणमा ३१ विधामा प्रतिस्पर्धामा हुनेछ। अवार्ड कार्यक्रम सुनधारास्थित आर्मी अफिसर्स क्लबमा हुने फाउण्डेसनका सचिव परमानन्द खनालले जानकारी गराएका छन् । त्यस्तै यस वर्षको बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२ बाट नेपाली संगीत क्षेत्रका बरिष्ठ गायक राजेश पायल राईलाई सम्मानित गरिने भएको छ ।

Comments