कृष्णाको ‘हातमा तीन एक्का’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ८ पुष बुधबार
no img

 काठमाडौं । गायिका कृष्णा बिसीको हातमा तीन एक्का परेको छ । यो उनले गीतमार्फत व्यक्त गरेकी हुन् । कृष्णाले आफ्नो ‘तीन एक्का’ बोलको लोक दोहारी गीतलाई हालै म्युजिक भिडियोमा दर्शक÷श्रातामाझ ल्याएकी छन् । तेजश रेग्मीको शब्द तथा संगीत रहेको यस गीतमा गायिका कृष्णालाई गायक लेखनाथ आचार्यले स्वरमा साथ दिएका छन् ।

कुमार केसीले निर्देशन गरेको यस भिडियोमा पार्वती राई र विनोद श्रेष्ठले मोडलिङ गरेका छन् । लोकगायनमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिक कृष्णाको यस पछिल्लो गीतलाई श्रोताले निकै रुचाएका छन् ।
विशेषगरी तिज गीतमा पहिचान बनाएकी कृष्णाले भनिन्, ‘यो नयाँ गीतबाट मैले राम्रो अपेक्षा गरेकी छु ।’ यु–ट्युबमार्फत सार्वजनिक गरिएको यो भिडियोको भिअर्स पनि बढिरहेका छन् ।

Comments