गुञ्जनमा अनिलाको ‘चुल्ठो खाली भो…’
screennepal
प्रकाशित: २०७२, ७ पुष मंगलवार
no img

काठमाडौं । गायिका अनिला राई सोमबार अनामनगरस्थित गुञ्जन स्टुडियोमा भेटिइन् । जहाँ उनी ‘खाली भो चुल्ठो…’ भन्दै थिइन् । उनलाई निर्देशन दिइरहेका थिए, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई । गायिका अनिला भने कानमा माइक्रोफोन भिरेर संगीतकार भुवनको निर्देशन पालन गरिरहेकी थिइन् । केही वर्षयता बेलायतमा बस्दै आएकी अनिला आफ्नो नयाँ एल्बम ‘स्वरांकन’ का तयार गर्न नेपाल आएकी हुन्, जहाँ ‘स्वरांकन’ कै गीत रेकडिङ भइरहेका थियो । गीतको बोल थियो, ‘खाली भो चुल्ठो…’ । यस गीतको संगीत भुवनले गरेका हुन् । त्यसैले अनिललाई डबिङमा भुवनले निर्देशन गरिहेका थिए ।

anila (2)

‘स्वरांकन’ मा १४ वटा गीत रहने अनिलाले बताइन् । तीमध्ये दुईटा गीतमा भुवनकै संगीत रहेको छ । कुनै समय लोकगीत गाएर चर्चामा आएकी अनिलाले यसपटक भने आधुनिक गीति एल्बम ल्याउँदैछिन् । पाँच आधुनिक गीतमा अनिलालको यो दोस्रो एल्बम हो । यसअघि उनले ‘द लाइफ’ आधुनिक एल्बम ल्याएकी थिइन् । ‘स्वरांकन’ जनवरीको पहिलो साता ल्याउने अनिलाले बताइन् ।

anila (1)

anila (3)

Comments