ओम सुनारको मन छुने यो गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ६ पुष सोमबार
no img

काठमाडौं । गायक तथा संगीतकार ओम सुनार पाश्र्वसंगीतमा जम्दैछन् । नेपाली चलचित्रमा संगीत गर्न व्यस्त हुन थालेपछि ओमलाई धेरैले संगीतकार रुपमा मात्र पनि लिन थालेका छन् । तर, उनको संगीत कम्पोजमा मात्र नभइ गायनमा पनि उत्तिकै दम छ । गायनमा ओमको कतिको दम छ भन्ने कुरा ‘जति जति  टाटा’ बोलको गीत सुने काफी हुन्छ । यो गीत नेपाली चलचित्र ‘डन्ट ब्रेक माई हार्ट’ को हो । यो गीत ओमका लागि उदाहरण मात्र हो । उनले यस्तै थुप्रै नेपाली चलचित्रमा स्वर दिइसकेका छन् ।

om sunar
ओमले हालसम्म एक दर्जनभन्दा बढी चलचित्रमा स्वर दिइसकेका छन् भने त्यति नै संख्यामा संगीत पनि भरेका छन् । उनले ‘बुद्ध बर्न इन नेपाल’, ‘आवारा’, ‘कम्पन’, ‘नालायक’, ‘कुर्वान’ ‘डन्ट ब्रेक माई हार्ट’ जस्ता चलचित्रमा स्वर तथा संगीत गरेका छन् । ‘जति जति टाडा’  ‘डन्ट ब्रेक माई हार्ट’ कै गीत हो । अहिले यो गीत नेपाली श्रोतामाझ निकै लोकप्रिय हुनेक्रममा छ ।

om sunar 1

यो चलचित्र आउँदो २४ पुसमा अलनेपाल रिलिज हुँदैछ । तर, चलचित्रभन्दा पनि हिजोआज यो गीतले चर्चा पाइरहेको छ । हुन त एउटा चलचित्र सफल हुनका लागि संगीत पनि राम्रो हुनपर्छ । यस हिसाबले ‘डन्ट ब्रेक माई हार्ट’ ले नेपाली दर्शकको मन–मुटु छुने विश्वास निर्माणपक्षले गरेका छन् । यस चलचित्रका े संगीतकार समेत रहेका ओम भन्छन्, ‘संगीत निकै राम्रो बनेको छ । संगीतको पक्षमा कुनै कम्प्लेन गर्ने ठाउँ छैन ।’ ओमले हिजोआज चलचित्र ‘द मोस्ट वान्टेड–२’ को संगीत गर्न व्यस्त छन् । संगीतका लागि अरु पनि कामहरु आइरहेको ओमले बताए ।
https://www.youtube.com/watch?v=X_l1A5UO1uM

Comments