भिडियोमा ‘२०६० साल’ को अधुरो प्रेम (भिडियो)
screennepal
प्रकाशित: २०७२, ६ पुष सोमबार
no img

काठमाडौ । भनिन्छ, साँचो प्रेम सयौं वर्षसम्म पनि मर्दैन । तर, एकोहोरो प्रेमको भरै हुँदैन । ‘२०६० साल’ को अधुरो प्रेम कहानी १२ वर्षपछि आर्जेश रेग्मीले भने करुण श्रेष्ठलाई सुनाउन बोलाइरहेका छन् । गायक राजिन रुचालको शब्द तथा संगीत र गायनमा रहेको यस म्युजिक भिडियोमा यस्तै कथा चित्रण गरिएको छ । गायक राजिन नेपाली सांगीतिक क्षेत्रमा लागेको एक दशक भयो । गीत रेकर्डिङ ०६२ सालदेखि सुरु गरेपनि पहिलो एल्बम ‘भाव’ भने उनले भर्खरै सार्वजनिक गरेका छन् । सोही एल्बममा समावेश गीत हो ‘२०६० साल’ ।

rajin ruchal
‘२०६० साल’ गीत र म्युजिक भिडियाले दर्शकश्रोताको मन जित्दै गइरहेको गायक रुचालले बताए । नेपाली म्युजिक भिडियो निर्देशनमा ब्यस्त निर्देशक तथा गायक शशान कँडेलले निर्देशन गरेको भिडियोमा आर्जेश रेग्मी, करुण श्रेष्ठ, सुरज श्रेष्ठ, दिलजङ गुरुङलगायतको अभिनय छ ।

Comments