‘वान्समोर’ सँगै ‘गोल्डेन मोमेन्ट्स’मा गुञ्जिइन् निशा
screennepal
प्रकाशित: २०७२, ६ पुष सोमबार
no img

काठमाडौं । पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन्, निशा देशार । उनै निशाले राजधानीमा शनिबार साँझ आफ्ना चर्चित एक दर्जन भन्दा बढी गीत सुनाएर दर्शकको मन जितिन् । सुगम गीत तथा गजल प्रेमीका लागि लक्षित ‘सांगीतिक साँझ ‘गोल्डेन मोमेन्टस’ मा साँझ ६ः३० देखि ९ बजेसम्मको बसाईमा निशाले आफ्ना गीतबाट दर्शकको मन जितेकी हुन् । उनले आफ्नो लोकप्रिय गजल जमाना खराब छ…बाट सो सांगीतिक साँझलाई स्वागत गरेकी थिइन् । गाउँदा गायिका देशारलाई दर्शकले पुनः सोही गीत गाउन अनुरोध गरेका थिए ।

nisha deshar

आफ्ना एकपछि अर्को लोकप्रिय गजलहरु गाउँदै गएपछि दर्शकले तालीले निरन्तर साथ दिएका थिए निशालाई । सो क्रममा साउनको भेल जस्तो…, कुन जमानामा छौ… जस्ता आफ्ना विभिन्न चर्चित गजल तथा गीतहरु उनले सुनाईन् । अग्रज कलाकार प्रति सम्मानस्वरुप गायिक देशारले तारादेबीको उकाली ओराली…, एकान्छा ठटौमा जाला… जस्ता विभिन्न कालजायी गीतहरु पनि गायिन । कतीपय कालजायी गीतमा गजलका अर्का चर्चित गायक निशान भट्टराई र निशा देशारको युगल गायन सो कार्यक्रममा निकै जमेको थियो । साँगीतिक साँझलाई अझ माधुर्य बनाउने क्रममा गायक निशानको साथ पाएपछि निशाले लता मँगेशकर र आशा भोषलेका सदावहार गीतहरु पनि सुनाईन् ।
युवा पुस्ताकी गायिका निशासँगको सो साँगीतिक साँझ सोचे भन्दै निकै सुमधुर बनेको गायक निशान भट्टराईले बताए । तीन घन्टाको बसाईमा निशाले केही पल साँगीतिक बिश्रम लिँदा रानी महलकै गायक अनिल श्रेष्ठ र गायिका भावना देवानले विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई साँगीतिक माहौलमा निरन्त बाँधिरहे । प्रत्यक्ष बाद्यबादन सहितको सो साँगीतिक साँझमा यी कलाकारलाई ड्रममा राजनले, गिटारमा श्रमिकले, किबोर्डमा निरज र ढोलकमा महेशले साथ दिएका थिए ।
विभिन्न कार्यक्रम आयोजना गर्दैै आएको आर एन्ड आर ग्रुपले राजधानीको दरबार मार्ग स्थित रानी महल गजलमा निशा देशारको बिशेष साँगीतिक कार्यक्रम राखेको हो । सुगम सँगीत तथा गजलका पारखीहरुका लागि लक्षित गरेर सो साँगीतिक कार्यक्रम आयोजना गरिएको आर एन्ड आर ग्रुपकी प्रमुख कार्यकारी अधिकृत मञ्जु श्रेष्ठले बताईन् ।
‘गायिका निशा देशारका निकै कर्णप्रिय गीतहरु छन् । लोक, आधुनिक, गजल, चलचित्र, राष्ट्रिय भावना देखि भजन गायनसम्म स्थापित यी कलाकारलाई दर्शकमाझ प्रत्यक्ष प्रस्तुत गर्न पाउँदा दर्शकबाट हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पायौं ।’ निशा र निशानको युगल गायनले कार्यक्रमलाई अझ मनोरम तुल्याएको पनि उनले बताईन् । आर एन्ड आर ग्रुपले नेपालका विभिन्न लोकप्रिय कलाकारको साँगीतिक साँझ आउँदा दिनमा पनि गर्दै जाने मञ्जुले प्रकाश पारिन् ।
निशाको एउटा गजल ‘काटिरहेछु कहर पूरानो’ । भिडियो ।  

https://www.youtube.com/watch?v=XKig0ulI-Ys

Comments