एउटा इच्छा पूरा भयो : ‘विश्व सुन्दरी’ माइरा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

काठमाडौं । स्पेनकी माइरा लालागुना रोयो यस वर्षकी ‘विश्व सुन्दरी’ घोषित भएकी छन् । स्पेनको बार्सिलोनामा जन्मिएकी २३ वर्षीया रोयो व्यवसायिक मोडल हुन् । शनिबार राती चीनको सान्यामा सम्पन्न प्रतियोगिता माइरयाले ‘मिस वल्र्ड–२०१५’ को ताज जित्न सफल भएकी हुन् । यससँगै माइरा स्पेनका लागि पहिलोपटक ‘मिस वल्र्ड’ विजेता बनेकी छन् । ‘मिस वल्र्ड’ को ताज चुमेपछि माइराले एउटा आफनो इच्छा पुरा भएको बताइन् । मोडलिङ दुनियाँ चम्किरहेकी माइराले पत्रकारहरुसित भनिन्, ‘आजको दिन मेरा लागि सबैभन्दा खुसीको दिन हो । एक दिन विश्व सुन्दरी बन्ने इच्छा थियो, त्यो आज पुरा भएको छ ।’ उनले विश्व सुन्दरीको उपाधिसँगै आफनो जिम्मेवारी बढेको बताइन् । ‘म मा जिम्ेवारी थपिएको छ’ खुसीको आँशु झार्दै उनले भनिन, ‘तर, म जिम्मेवारी पुरा गर्न गहन रुपमा लाग्ने छु ।’

miss world 2015
यसपटक ‘विश्व सुन्दरी’ उपाधीका लागि विश्वभरका १ सय १४ सुन्दरीलेसहभागी जनाएका थिए । मिइराले सबैलाई पछि पार्दै उपाधि पोल्टामा पारेकी हुन् । कार्यक्रममा रसियाकी सोफिया निकिटचुक फस्ट रनअप र इन्डोनेसियाकी सुन्दरी मारिया हार्फान्टी सेकेन्ड रनरअप भए । नेपालको प्रतिनिधित्व गरेकी इभाना मानन्धरको भने ‘मिस वल्र्ड’ यात्रा उपल्ब्धीविहिन बन्यो । (एजेन्सी)

Comments