‘रकस्टार’ अमनले ल्याए ‘माया’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, ४ पुष शनिबार
no img

अमनले १० वर्षकै उमेर ‘अमन द रकस्टार’ नामक एल्बम ल्याएका थिए । त्यसपछि दोस्रो एल्बमका रुपमा ‘रकस्टार रि–लोडेड’ ल्याएका अमनयतिखेर ‘रक द वल्र्ड’ ल्याउने तयारीमा छन् । सार्वजनिक भिडियो यसै एल्बमको हो । जुन एल्बम सन् २०१६ भित्रै रिलिज गर्ने अमनले बताए ।

एमपी सुब्बा
काठमाडौं । यस्ता नेपाली प्रतिभा पनि छन्, जो कलिलै उमेरमा श्रोता÷दर्शकको मनमा बस्न सफल छन् । तिनै प्रतिभाका उदाहरण हुन्, अमन प्रधान । चार वर्षकै उमेरमा गाएर श्रोताको मन–मुटमा बस्न सफल अमन अहिले ‘रकस्टार’का रुपमा चिनिन्छन् । गायक तथा संगीतकार राहुल प्रधानका छोरा अमन उमेरले भर्खरै १५ टेक्दैछन् । तर, उनले ५० भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रतिभा प्रस्ुतत गरिसकेका छन् ।

aman 1
नेपाली ‘रकस्टार’का रुपमा स्थापित हुनेक्रममा रहेका अमनले आफ्नो नयाँ गीत ‘माया’को म्युजिक भिडियो रिलिज गरेका छन् । भिडियो रिलिजपछि शनिबार एक अनौपचारिक कार्यक्रममा अमोलले भने, ‘यस गीतबाट आशावादी छु किनकि, अहिलेसम्मकै मेरा गीतहरुका यो राम्रो बनेको छ ।’ म्युजिक भिडियोमा अमनसँगै इटालियन मोडल माया रोसेन्बर्ग खानले मोडलिङ गरेका छन् । आफ्नो गीतको टाइटल पनि माया र भएकाले मायालाई भिडियोमा अभिनय गराएको अमनले बताए ।
बालुवाटास्थित टर्किज स्कुल मेरोडियन इन्टरनेशनलमा कक्षा ९ मा अध्ययनरत अमनले १० वर्षकै उमेर ‘अमन द रकस्टार’ नामक एल्बम ल्याएका थिए । त्यसपछि दोस्रो एल्बमका रुपमा ‘रकस्टार रि–लोडेड’ ल्याएका अमनयतिखेर ‘रक द वल्र्ड’ ल्याउने तयारीमा छन् । सार्वजनिक भिडियो यसै एल्बमको हो । जुन एल्बम सन् २०१६ भित्रै रिलिज गर्ने अमनले बताए ।

aman
यहाँसम्म आइपुग्दा अमनले अन्तराष्ट्रिय संगीत प्रतिस्पर्धामा समेत सहभागी जनाइसकेका छन् । यस सन् २०१५ मै टर्कीद्वारा आयोजित ‘आइएफएलसी’ नामक गायन स्पर्धामा अमनले दोस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा १४ देशका प्रतिभा छनोट भएका थिए । उक्त प्रतियोगितामा पहिलो स्थान भने थाइल्याण्डले पाएको थियो । प्रतियोगिताको दौरानमा जर्मनी र रोमनियामा ३० हजारभन्दा बढी दर्शकमाझ प्रस्तुत भएको स्मरण गर्दै अमनले भने, ‘त्यहाँ टर्किज र नेपाली भाषाका गीत गाएको थिए ।’ आफ्नो हरेक एल्बममा ‘रक’ जोड्दै आएका अमनको उद्देश्य पनि एक सफल रकस्टार बन्नु हो ।
नेपाली, अंग्रेजी र टर्किज भाषामा समेत राम्रो राम्रो गाउने अमनले भने, ‘म प्राय रक नै गाउने गरेको छु ।’ उक्त अनौपचारिक कार्यक्रममा निर्माता ज्योतिराज राई र निर्देशक जनकदीप पराजुलीले आगामी आफ्नो प्रोजेक्टमा अमनलाई डेब्यु गराउने सोच रहेको बताए । ज्योतिराजले भने, ‘अमनलाई हामी फिल्ममा समेत डेब्यु गर्ने सोच बनाएका छौं ।’ तर, अमनको फिल्ममा भन्दा रक गायनमै उज्वल भविष्य देखिन्छ ।

Comments