पाँच वर्षपछि ‘स्वरांकन’ लिएर आउँदै अनिला
screennepal
प्रकाशित: २०७२, ३ पुष शुक्रबार
no img

काठमाडौं । एक समय अनिला राई लोकगीतमा रमाउँथिन् । लोकमा रमाउँदै जाँदा पाँचभन्दा बढी एल्बम पनि श्रोतालाई पस्किइन् । तर, जतिखेर उनी लोकगायिकाका चम्किन खोज्दै थिइन्, त्यतिखेरै बेलायततिर उडिन् । तर, उनले गायनलाई पनि निरन्तरता नै दिइरहिन् । त्यसैको परिणाम थियो उनको ‘द लाइफ’ । सन् २००९ मा ‘द लाइफ’ ल्याएपछि हराएकी अनिला अब चाँडै ‘स्वरांकन’ लिएर आउँदैछिन् ।

anila rai
करिब ६ वर्षको अन्तरालमा एल्बम लिएर श्रोतामाझ आउन लागेकी अनिला भन्छिन्, ‘एल्बमकै लागि नेपाल आएकी हुँ ।’ उनी ‘स्वरांकन’ एल्बम तयार गर्नकै लागि अघिल्लो साता बेलायतबाट नेपाल आएकी हुन् । अनिलाका अनुसार ‘स्वरांकन’ यही आउँदो जनवरीको पहिलो साता सार्वजनिक हुनेछ । एल्बमका अधिकांश गीत रेकर्डिङ भइसकेको उनले बताइन् ।
एल्बममा १४ वटा गीत हुने बताउँदै अनिलाले भनिन्, ‘लामो अन्तरालपछि एल्बम ल्याउन लागेकाले धेरै गीत राख्न लागेकी हुँ ।’ एल्बममा टिका चाम्लिङ, मुकेश राई, निर्मला परिवेश, रञ्जना राई आफ्नै पनि पाँच वटा शब्दरचना रहेको अनिलाले बताइन् ।

anila

एल्बममा महेश खड्का, बिबी अनुरागी, सचिन सिंह, शान्तिराम राई, भुवन सुप्तिहाङ राई, ताराप्रकाश लिम्बू, पावेल चाम्लिङ, डाक्टर किरातलगायतका संगीतकारको संगीत रहने ‘स्वरांकन’ खाली भो चुल्ठो, पहिलो जस्तो हुँदैन भेट, जीन्दगीमा सधैं किन, मेरो नजरभन्दा पर नजानु जस्त गीत रहने गायिका अनिलाले बताइन् । एल्बमका १४ गीतमध्ये केही गीतमात्र रेकर्डिङ गर्न बाँकी रहेको उनले बताइन् । ‘अहिले एल्बमका गीत रेकर्डिङ गर्न व्यस्त छु’ अनामनगरस्थित एक क्याफेमा भेटिएकी गायिका अनिलाले भनिन्, ‘अब दुई साता पनि बाँकी छैन । त्यसपछि मेरो ‘स्वरांकन’ दर्शक तथा श्रोतामाझ पुग्ने छ ।’ यस एल्बमबाट आशावादी रहेको पनि उनले सुनाइन् ।

Comments