शान्ति, सद्भावका लागि साँस्कृतिक कार्यक्रम हुने
screennepal
प्रकाशित: २०७२, २ पुष बिहीबार
no img

काठमाडौं । शान्ति, सद्भाव र ऐक्यवद्वताका लागि राजधानीमा ‘बृहत साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । विभिन्न सामाजिक संघ संस्थाको संयुक्त प्रयासमा कार्यक्रम हुन लागेको हो । पुस ४ गते शनिबार राजधानीस्थित लैनचौर खेल मैदानमा हुने लागेको उक्त बृहत साँस्कृतिक कार्यक्रममा निर्णय श्रेष्ठ, कमल खत्री, विजय लामा, मनु लिम्बू, पुजा गुरुङ, सञ्जना श्रेष्ठ, सरु वन, सुधन कार्की, सुजन माइकल, उत्तम थापालगायतका गायक÷गायिकाले प्रस्तुती दिने भएका छन् ।

niny
सदियौंदेखि चलिआएको नेपाली–नेपालीबीचको आपसी सद्भावताले निरन्तरता पाईरहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेका आयोजकमध्येका बिक्की पुलामी मगरले बताए । उनका अनुसार गीतसंगीतमार्फत सन्देश फैलाउँदा प्रभावकारी हुने भएकाले सांगीतिक कार्यक्रम गर्न लागेका हो ।

manu limbu

Comments