उजनको ‘चक्र’ले सांगीतिक चक्र मार्दै (भिडियो)
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
no img
ujan

Ujan Nembang, Singer

काठमाडौं । गायक उजन नेम्बाङ ‘चक्र’ले यतिखेर सांगीतिक बजारमा चक्र नै मारिरहेको छ । केही समयअघि मात्र रिलिज गरिएको उनको ‘तिमीलाई मैले जति कसले माया गर्छ’ बोलको गीत श्रोताले निकै रुचाएका छन् । सार्वजनिक गीतमा गायक उजनकै शब्दरचना रहेको छ । उज्वल लिम्बूको कम्पोज र राजन इशानको एरेञ्ज रहेको ‘तिमीलाई मैले जति कसले माया गर्छ’  उजनको ‘तस्बिर’ एल्बमको हो । यस गीतको म्युजिक भिडियो निर्देशन केदार धितालले गरेका हुन् । भिडियोमा दीक्षा र मुकेशले मोडलिङ गरेका छन् । चक्रको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस ।

Comments