बाजा बजेको सुन्दा बिहे गरौं–गरौंजस्तो लाग्छ : ज्योति मगर
screennepal
प्रकाशित: २०७२, २९ मंसिर मंगलवार
no img

विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमसमेत व्यस्त हुँदै आएकी ज्योतिले भनिन्, ‘विदेश कार्यक्रममा जाँदा कतिपय आयोजकले पनि मन पराउँछन् । तर, उमेरै मिल्दैन । कुनै अंकलजस्ता हुन्छन् । उमेर मिल्नको प्रेमिका हुन्छ ।’ ज्योतिले आफनो ठूलो रोजाइ नभएको पनि बताइन् । ‘बिवाह गर्नका लागि अपोजिट सेक्स हुनुप¥यो’ ज्योतिले भनिन्, ‘अनि त्यो केटासँग मन मिल्नुप-यो । मलाई धनाढय नै हुनुपर्छ भन्ने छैन ।’

एमपी सुब्बा

काठमाडौं । मंसिर महिना भनकै विवाहको मौसम हो । यो मंसिरमा पनि जताजतै विवाहका दृश्य देखिए र देखिँदै पनि छन् । यसरी विवाह समारोहमा बाजागाजा बजेको सुन्दा अविवाहितहरुको मन कस्तो होला ? अरुको कुरै छाडौं, चर्चित लोकगायिका ज्योति मगरलाई भने ‘विवाह गरौं–गरौं’ लाग्छ रे । अविवाहित ज्योतिले स्क्रीन नेपालसँग भनिन, ‘टोलटोलमा विवाहमा बाजा बजेको सुन्दा मलाई पनि बिहे गरौं–गरौं लाग्छ । तर, के गर्नु भनेजस्तो केटै पाएको छैन ।’ ‘हट गायिका’को रुपमा समेत चिनिएकी ज्योतिले फेसबुकमा अनगिन्ति प्रेम प्रस्ताव आउने गरेको पनि खुलासा गरिन् । तर, त्यस्ता प्रस्तावको कुनै वास्तै नहुने ज्योतिले सुनाइन् ।

jyoti Magar
विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमसमेत व्यस्त हुँदै आएकी ज्योतिले भनिन्, ‘विदेश कार्यक्रममा जाँदा कतिपय आयोजकले पनि मन पराउँछन् । तर, उमेरै मिल्दैन । कुनै अंकलजस्ता हुन्छन् । उमेर मिल्नको प्रेमिका हुन्छ ।’ ज्योतिले आफनो ठूलो रोजाइ नभएको पनि बताइन् । ‘बिवाह गर्नका लागि अपोजिट सेक्स हुनुप¥यो’ ज्योतिले भनिन्, ‘अनि त्यो केटासँग मन मिल्नुप¥यो । मलाई धनाढय नै हुनुपर्छ भन्ने छैन ।’

jyoti Magar 1
मनपर्ने केटा नपाए पनि आफनो बिहे गर्ने उमेर भइसकेको ज्योतिलाई महशुस भएको छ । ‘साथीहरुको छोराछारी भइसक्यो’ ज्योतिले स्क्रीन नेपालसित भनिन्, ‘त्यो हिसाबले हेर्दा अब मैले पनि बिहे गर्नुपर्छ भन्ने लाग्न थालेको छ । तर, बुढीचाहिँ भएकी छैन । अझै केही वर्षपछि गर्दा पनि बितेको छैन ।’ आफनो खुट्टामा उभिने भएपछिमात्र बिहे गर्ने मान्यताअनुरुप अहिलेसम्म त्यतिकै बसेको ज्योतिले बताइन् । कुनै समय लाहुरेसित (बेलायती सेना) बिहे गर्ने मुड चलेको पनि उनले सुनाइन् । उनले भनिन्, ‘गाउँघरका दिदीहरुले लाहुरेसँग बिहे गरेका छन । उनीहरुले लाहुरेसँग बिहे गरेको देख्दा मलाई पनि लाहुरेसितै बिहे गर्छु भन्ने लागेको थियो । तर, अहिले लाहुरे भेटेकै छैन ।’ उनले आफनो फिल्ड नै फरक भएकाले लाहुरेसँग घुलमेल नहुने बताइन् । हुन त मगर समुदायमा लाहुरे खानदानको बाहुल्यता छ । ज्योतिको नजिकका परिवारमा पनि लाहुरे छन् । उनले आफनी दिदीको पनि लाहुरेसँगै बिवाह भएको बताइन् ।

jyoti Magar 2
पछिल्लो समय गायनसँगै मोडलिङमा समेत रमाउन थालेकी ज्योतिलाई मन पराउँनेहरु खालखालका छन्  । आफूलाई मन पराउने फयानबा बारेमा ज्योतिले भनिन्, ‘यतिसम्म क्रेजी पाएकी छु । उनीहरुले मलाई गाली गर्नेलाई मारिदिन्छु समेत भन्ने गर्छन् ।’ कतिपय फयानले त सेक्स प्रस्ताव राख्ने गरेको समेत ज्योतिले बताइन् । ज्योतिका अनुसार बढी बोल्नेलाई भन्दा नबोल्ने र सोझीजस्ती देखिनेलाई बढी सेक्स प्रस्ताव आउने गर्छ । उनले भनिन्, ‘मलाई हत्तपत्त सेक्स प्रस्ताव आउँदैन । मगरकी छोरीले भएकाले डराएर पनि होला ।’ ज्योतिले आफना गीतबाहेक अरुका केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । उनलाई फिल्ममा अभिनय गर्ने इच्छासमेत छ । तर, जस्तोसुकै फिल्ममा अभिनय नगर्ने उनले बताइन । उनले भनिन, ‘कल्चरल फिल्ममा प्रस्ताव आयो भने अभिनय गर्छु ।’

तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार प्लाजा

Comments