‘संगीत पुजारी’ सिमाको अन्तरा… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
no img

काठमाडौं । पछिल्लो समय अधिकांश गायक/गायिकाले म्युजिक कम्पनी खोल्ने गरेका छन् । तर, गायिका सिमा शाहले भने कम्पनी होइन, म्युजिक इष्टिच्युट खोलेकी छन् । केही महिनाअघि डिल्लीबजारमा अन्तरा म्युजिक इष्टिच्युट खोलेकी सिमाले यतिखेर सो आफनै इष्टिच्युटमा साधना गर्दै आएकी छन् । ०६८ सालतिरै ‘सिमा’ नामक गीति एल्बम ल्याएर सांगीतिक क्षेत्रमा होमिए सिमाले आफूलाई संगीतको पुजार भन्न रुचाउँछिन् । दिनरात संगीत साधनामै व्यस्त सिमाले भनिन, ‘म संगीतको पुजारी हुँ । संगीतविना म बाँच्नै सक्दिनँ ।’ आफनो म्युजिक इष्टिच्युटमा गुरु करणराज कार्कीले संगीत सिकाउने गरेको सिमाले बताइन् । करणराज शास्त्रीय संगीतका गुरु हुन्  । संगीत नै नसिकीकन एल्बम ल्याएकी सिमाले अहिले आएर संगीतमा साधना आवश्यक रहेको बुझेकी छन् । त्यसैले उनी आफूलाई संगीतको पुजारी नै बनाएकी हुन् ।

seema shaha

Seema Shaha, Singer

म्युजिक इष्टिच्युट सञ्चालनसँगै दोश्रो एल्बमको पनि तयारी गरिहरेको उनले बताइन्  । ‘एल्बमका लागि सबै गीत रेर्कडिङ भइसकेको छ’ सिमाले भनिन्, ‘अब चाँडै श्रोतामाझ ल्याउँदै छु ।’ उनले बैशाख १२ मा गएको भूकम्पका कारण दोश्रो एल्बम ल्याउन ढिलाइ भएको बताइन्  । एल्बमको ‘कसम नै तोडी जानेलाई’ बोलको म्युजिक भिडियोसमेत छायांकन भइसकेको बताउँदै उनले भनिन्, ‘अब उपयुक्त समय हेरेर एल्बम रिलिज गर्नेछु ।’ उनले अरुका एल्बमहरुमा पनि गाउँदै आएको सुनाइन् । ‘एल्बम नल्याए पनि व्यस्त नै छु’ सिमाले स्क्रीन नेपालसित भनिन्, ‘कलेक्शन एल्बमहरुमा गाउँदै आएकी छु अनि कार्यक्रमहरु पनि गर्दै आएकी छु ।’ सिमाको ‘सिमा’ एल्बमको ‘कसरी बोलाउ’ बोलको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस ।

https://www.youtube.com/watch?v=ipSgSan-HN8

Comments