मिस हेरिटेज सुन्दरीहरु नयाँदिल्लीमा बन्द प्रशिक्षणमा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २४ मंसिर बिहीबार
no img

काठमाडौं । सौन्दर्य प्रतियोगितामार्फत् युनेस्कोको ऐतिहासिक तथा महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना एवं प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘मिस हेरिटेज इन्टरनेशनल–२०१५’ को संस्करणको प्रशिक्षण, प्रतिस्पर्धा र तयारी सुरु भएको छ । यतिखेर प्रतियोगिताका सहभागीहरु भारतको नयाँदिल्लीमा प्रशिक्षण कार्यमा व्यस्त रहेका छन् । प्रतियोगितामा नेपाललगायत भारत, फिलिपिन्स, मलेसिया, म्यानमार, जाम्बिया,तान्जानिया, भियतनाम, डेनमार्क, रसिया, सेन्टल रसिया, लेसोथो, दक्षिण अफ्रिकालगायत डेढ दर्जन मुलुकका सुन्दरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

MISS HERITAGE IMAGES BY KAMAL SHRESTHA (4)

बन्द प्रशिक्षणका अवस्थामा रहेका सहभागीहरु विभिन्न पहिरनमा फोटोसेसन, हेरिटेज साइट टुर, विभिन्न विधाको अवार्डको प्रतिस्पर्धामा पनि सहभागि भएका छन् । हेरिटेज साइट टुरका क्रममा सहभागिले नयाँदिल्ली शहरको मुख्य हेरिटेज साइटहरु जस्तै हुमायुँको मकवराम, लोटस टेम्पल, कुटुम्ब मिनार, दिल्ली गेट आदि ठाउँको भ्रमण गरेका थिए । यसैगरी प्रतियोगिताको मिस इन्भारोमेन्टल एम्बेसडर अवार्डमा निशा पाठकले स्वर्ण पदक हात पारि उपाधि आफ्नो कब्जामा पारिसकेकी छिन् । यही क्रममा दक्षिण अफ्रिकाले मिस पिस एम्बेसडर तथा टिनिडाड एण्ड टोबागोको सहभागिले मिस टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भइसकेका छन् ।

MISS HERITAGE IMAGES BY KAMAL SHRESTHA (3)
भारतको नयाँ दिल्ली शहरमा गत डिसेम्बर ६ बाट आरम्भ भई डिसेम्बर १२ तारिखमा फाइनल प्रतिस्पर्धा हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।

MISS HERITAGE IMAGES BY KAMAL SHRESTHA (1)

सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ । जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन् । एउटै मंचमा चार वटा विभिन्न शीर्षक अन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमहरुको प्रस्तुति देखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सह आयोजक समेत रहेको छ । इप्लानेट नेपाल मार्फत् मिसेस् युनिभर्स २०१३ र २०१४, मिसेस् ग्लोब २०१३ र २०१४, चिल्ड्रेन अफ द युनिभर्स २०१३, लिटिल मिस युनिभर्स २०१४, मिस इन्टरकन्टिनेन्टल २०१३, मिस टिन एसिया प्यासिफ २०१४मा नेपालको तर्फबाट सफल प्रतिनिधित्व उपलब्धि हासिल गरेको छ । जसमा चिल्ड्रेन अफ द युनिभर्स २०१३मा रोजा पाण्डे र लिटिल मिस युनिभर्स २०१४ मा दृष्टि दाहालले मुख्य उपाधि जित्न सफल भएका थिए । सौन्दर्य प्रतियोगिताको आयोजना र व्यवस्थापन बाहेक इप्लानेट नेपालले सांगीतिक कार्यक्रम, सभा सम्मेलन, प्रदशर्नी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।

MISS HERITAGE IMAGES BY KAMAL SHRESTHA (5)
यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ५ तारिखमा काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो । स्वदेशमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यानमारकी २७ वर्षिया ह्ला यिन काईले ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को ताज पहिरन सफल भएकी थिइन् । नेपालकी नानी थापाले भने इन्भायोरोमेन्टल एम्बेसेडर अवार्ड जितेकी थिइन् ।  तस्बिर : कमल श्रेष्ठ

Comments