अगाडि बढ्दै नेप्लिज अमेरिकन व्याण्ड ‘द भाइब्ज’
screennepal
प्रकाशित: २०७२, २३ मंसिर बुधबार
no img

काठमाडौं । केही समयको अन्तराल तर उत्कृष्ट सांगीतिक उपहार । यस्तै, विशेषताका बिच एक दशकअघि अमेरिका रहँदै आएका उत्साहित सांगीतिक युवाले सञ्चालन गरेको नेप्लिज अमेरिकन व्याण्ड ‘द भाइब्ज’ अगाडि बढ्दै छ । अमेरिकाबाट सञ्चालनमा आएको ‘द भाइब्ज’ले व्याण्ड गठन भएको ४ वर्षको मिहिनेतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो ।

selected2_out

पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र २ वर्षअघि सन् २०१३ मा को हुँ म बजारमा ल्यायो। संगित सिर्जना र एलबम प्रकाशनमा हतार नगरी सदैव गुणस्तरमा विश्वास गर्ने द भाइब्ज व्याण्डले सोही दोस्रो एलबमको एउटा गीतमाथि निर्माण गरिएको म्युजिक भिडियोस्वरुप आप्mनो सातौं भिडियो प्रस्तुति बुधबार सार्वजनिक गरेको छ। व्याण्डले एलबममा संगृहित निर्मोही बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। भिडियो सार्वजनिक भएसँगै बिहीबार नेपाली टेलिभिजन च्यानलहरुमार्पmत यसको वल्र्ड प्रिमियर हुने भएको छ। सार्वजनिक भिडियोको गीत व्याण्डका भोकलिष्ट प्रइन सिंहले गाएका हुन् भने यसमा कम्पोज शरद युवराज सिंहको रहेको छ। भिडियोलाई दीपक बमजनले निर्देशन गरेका छन् भने यसमा छायांकन र सम्पादनमा पनि उनकै रहेको छ। विश्वस्तरिय रक गीत संगीतका लागि नेपालदेखि अमेरिकासम्म उत्तीकै ख्याति कमाएको द भाइब्ज व्याण्डको यो गीतको भिडियोमा प्रकाश, अञ्जना, अमृतलगायतले मोडलिङ गरेका छन्। भिडियो नेपाली शैलीमा निर्माण गरिएको छ। आप्mना सबै भिडियो अमेरिकामा छायांकन गर्दै आएको व्याण्डले दोस्रोपटक सम्पूर्ण भिडियो नेपालकै विभिन्न स्थलमा छायांकन गरेको छ ।
यो भिडियोको छायांकन त्यस दिन गरिएको थियो, जुन नेपालमा प्रलयकारी महाभूकम्प गएको थियो। गत बैशाख १२ गते म्युजिक भिडियो निर्देशक दीपक बमजनको नेतृत्वमा चोभार डांडामा सुटिङको तयारी गरिइरहँदा भयावह भूकम्प गएको थियो। भूकम्पका बेला युनिट चोभार डांडामा लोकेशन तय गर्दै थियो भने मोडलहरु सुटिङमा पुग्नका लागि मोटरसमाइकलमा यात्रा गरिरहेका थिए। भूकम्प गएपछि पनि युनिट केही दृश्यको सुटिङ गरेर मात्र फर्किएको थियो।
पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए। व्याण्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन्। व्याण्डका ड्रमर नेपाल समाचारपत्र दैनिक, कामना सिने मासिक र साधना हेल्ट डाइजेष्टको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्का सिइओ छन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन्। त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित छन्।
व्याण्डले यसअघि आप्mना दुई एलबममा रहेका खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ। ‘बजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता र दर्शकको मनमा बसिरहने चाहना हाम्रो व्याण्डको हो’ व्याण्डका ड्रमर दिरेकललाल श्रेष्ठ भन्छन् ‘हाम्रो यो निती र चाहना नै अहिले परिचय बनेको छ।’ त्यसै गरी व्याण्डमा भोकलिष्ट प्रइन सिंह व्याण्ड सुष्तरी अघि बढने तर लामो रेशको घोडा बन्ने बताउँछन्।

Comments