नयाँदिल्लीमा कला प्रदर्शनी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २३ मंसिर बुधबार
no img

काठमाडौं । विभिन्न देशमा अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनी गर्दै आइरहेको ५६ देशमा आफ्नो शाखा बनाइसकेको अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीले पहिलोपटक भारतको नयाँ दिल्लीमा बायनाले (दुई–दुई वर्षमा गरिने कला प्रदर्शनी) गरेको छ । ३८ देशका २०० भन्दा बढी कलाकार सहभागी रहेको सो प्रदर्शनीमा ३५० कलाकृति राखिएको थियो । सो प्रदर्शनीमा नेपालबाट ११ जना कलाकार सहभागी भएका थिए ।

received_1151369474888050
सो सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष एनबि गुरुङको संयोजनमा सहभागी कलाकार नयाँ दिल्ली गएका थिए । गुरुङलाई आयोजकले माष्टर डेमोष्टे«टरका रुपमा निम्ता गरेको थियो । डिसेम्बर ३–८ सम्म जारी सो बायनालेले नेपाली कलाकार र कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पु¥याएको अध्यक्ष गुरुङले बताए । उनले डेमोष्टे«शन कार्यक्रममा भूकम्प र नाकाबन्दीले नेपालमा पारेको मानवीय प्रभावलाई चित्रमार्फत प्रस्तुत गरेका थिए ।

received_10206601299343410
‘नेपाली कलाकारका कला पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धी हुन सक्नेका खालका छन् । अवसर र पहुँच पुग्न सकेमा हामीले नेपाली कलालाई विश्वमै परिचित गराउन सक्छौ भन्ने अवस्था यो बायनालेले प्रदान गरेको छ । साथै अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपाल च्याप्टरले यसका लागि पहल पनि गरिरहेको छ ।’

received_10206601202580991
‘पिस एण्ड हार्मोनी थ्रु वाटर कलर’ शीर्षकमा भएको सो प्रदर्शनीमा नेपाली कलाकारले सहभागिता जनाउनु पनि ठूलो उपलब्धि रहेको गुरुङले बताए । नेपालबाट सो प्रदर्शनी एनबि गुरुङ, डिराम पाल्पाली, सुर्य बराइली, भीम श्रेष्ठ, डिबी राई, सुरेश स्याङतान, मनोज तामाङ, गोपाल दराई, छेतेन शेर्पा, सरिता अग्रवाल र थमन सुनार रहेका छन् । प्रदर्शनीमा सहभागी ३५० कलाकार सहभागी रहेका थिए । ४ डिसेम्बरमा आमन्त्रित १३ जना अग्रज कलाकारले संसारकै सबैभन्दा लामाृ जलरङको करिब २० मिटर लामो चित्र बनाएको गुरुङले बताए । त्यस्तै जलरङको वर्तमान अवस्था, महत्व, तथा वर्तमान र भविष्यका बारेमा विभिन्न देशका कलाकारले छलफल चलाएका थिए ।

received_1151509461540718

Comments