स्वरसम्राट नारायण गोपालको सम्झनामा गुञ्जियो नाचघर (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २० मंसिर आईतवार
no img

काठमाडौं । स्व. स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवशका अवसरमा शनिबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा विभिन्न कलाकारले उनका गीत गाएर सम्झना गरे । सांस्कृतिक संस्थान नेपाल, नाचघरद्धारा आयोजित नारायण गोपालको स्मृति दिवस तथा सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका स्रस्टाले उनका गीतहरु गायका हुन् । संस्थानका अध्यक्ष उधोग राईले स्वरसम्राट नारायण गोपालको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको सुरु गरेका थिए ।

IMG_9431

उनी प्रति श्रद्धासुमन स्वरुप प्रतिष्ठानका महाप्रबन्धक राजेश थापा, संस्कृति मन्त्रालयको संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, संस्थानका पूर्वअध्यक्ष प्रदिप बम्जन, पूर्वमहाप्रबन्धक लक्ष्मण रायमाझी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य उदय श्रेष्ठलगायत विभिन्न कलाकारले स्वरसम्राट पुष्पगुच्छा अर्पण गरेका थिए । कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले नारायण गोपालको व्यक्तित्व र योगदान बारे प्रकाश पारे । दिवंगत यस्ता स्रस्टाहरुको सम्झनाले संस्थानले नियमित कार्यक्रम गर्ने पनि उनले बताए ।

IMG_9405
स्वर सम्राटमा समर्पित सो सांगीतिक कार्यक्रममा कलाकारले उनकै स्वर तथा संगीतमा रहेका गीतहरु मात्र प्रस्तुत गरेका थिए । संस्थानका गायक रुपक चौधरीले म मरेपनि मलाई मेरो देश प्यारो छ… गीतबाट कार्यक्रम सुरु गरेका थिए । चौरीले स्वर सम्राटको अर्को गीत मलाई नसोध कहाँ दुख्छ घाउ…गाएका थिए ।

IMG_9415
गायिका लोचन भट्टराईले नारायण गोपालसँग आफुले काम गर्दाका विभिन्न स्मरण सुनाउँदै स्वर सम्राटका सम्झनामा तिम्रो जस्तो मुटु मेरो पनि…, मैले पुण्य मन पराएँ या पाप मन पराएँ…, तिमीले पनि म जस्तै मायाँ दिएर हेरेर…गीतहरु गाईन् । गायक विपिन घिमिरेले स्वर सम्राटको सम्झनामा झरेको पात झै….र प्रियसीका यादहरु…गीत सुनाए । यस्तै शिला बिष्टले केही मिठा बात गर…गीत गाएर दर्शकबाट ताली भाईन । टिका गुरुङ र भिमकला गुरुङले स्वरसम्राटद्धारा सँगीतबद्ध कस्तुरी झैं बास आउँछ…गीत प्रस्तुत गरेको सो कार्यक्रममा आकाश र चाँदनीले सँयुक्त रुपमा हे कान्छा ठट्टैमा यो बैश जान लाग्यो र सिरिमा सिरीनी कान्छा बतासै चल्यो…गीत गाएर स्वर सम्राटको सम्झना गरे ।

IMG_9391

Comments