‘मन्दमन्द’ गायिकाको ‘घुटुमुुटु घुटुमुटु’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, २० मंसिर आईतवार
no img

काठमाडौं । ‘मन्दमन्द’ एल्बममार्फत चर्चामा आएकी गायिका मनु लिम्बू ‘मोहिनी’ लिएर आएकी छन् । मनुले करिब दुई वर्षअघि ‘मन्दमन्द’ नामक एल्बम ल्याएकी थिइन् । उक्त एल्बमको शीर्ष गीत ‘मन्दमन्द’ले मनुलाई श्रोता तथा दर्शकमाझ चिनाएको हो । सो गीतको म्युजिक भिडियोसमेत श्रोता/दर्शकले राम्रै रुचाएका थिए । अहिले फेरि उनले ‘मोहिनी’ को ‘घुटुमुुटु घुटुमुटु’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएकी छन् । एकनारायण भण्डारीको शब्द र महेश खड्काको संगीत रहेको ‘घुटुमुुटु घुटुमुटु’ गीतको म्युजिक भिडियोको निर्देशन युगल पोमुले गरेका हुन् ।

manu limbu

Manu Limbu

पूर्वेली लोक पपशैलीको उक्त गीतको म्युजिक भिडियोमा रञ्जिता लिम्बू र निरञ्जन प्रधानका साथमा गायिका मनुको पनि मोडलिङ हेर्न सकिन्छ । यो एल्बमबाट गायिका मनु आशावादी छिन् । आफ्नो अघिल्लो एल्बमको सोचेजस्तो प्रमोसन गर्न नसकेको बताउँदै मनुले भनिन्, ‘यसपटक भने प्रमोसनलाई जोड दिएकी छु ।’ एल्बममा समावेश गीतहरु फरक–फरक फ्लेवरमा छन् । अघिल्लो एल्बममा भन्दा यस ‘मोहिनी’ मा मनुको स्वर पनि निखारिएको छ । उनले यस एल्बमका लागि निकै मिहिनेत गरेको बताइन् ।

manu limbu 1
एल्बममा घुटुमुुटु घुटुमुटुका अलावा लुकी लुकी, हेरिरहन्छ म, कहिले हाँस्दै कहिले रुँदै, शिरैमा खुल्छ र आउँ नाचौ बोलमा ६ वटा गीत छन् । ती सबै गीत राम्रा छन् । एल्बम ‘मोहिनी’ मा महेश खड्का, बिनोद खम्बु, जन्म राई, बिजु बज्र र गायिका मनुकै संगीत रहेको छ भने शब्दरचना टिका चाम्लिङ, एकनारायण भण्डारी, महेश खड्का, मनु लिम्बू, बिनोद खम्बु र जन्म राईको रहेको छ । एल्बम ‘मोहिनी’ को ‘घुटुमुुटु घुटुमुटु’ गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments