दर्पणको शब्दमा मेलिनाको गुनासो ‘तिमीले बाटो फे-यौ अरे’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १९ मंसिर शनिबार
no img

काठमाडौं । दर्पण राई पेसाले व्यवसायी हुन् । तर उनी आफनो पेसामा मात्रै सिमित छैनन् । गीतिकारिता र मोडलिङमा उनी दर्पण छाउँदै आएका छन् । हालै मात्र दर्पणको शब्दरचनामा गायिका मेलिना राई स्वर रहेको ‘तिमीले बाटो फे-यौ अरे’ गीतको म्युजिक भिडियो मनोरञ्जन नेपालमार्फत सार्वजनिक गरिएको छ । ‘अनप्लग’शैलीमा निर्माण गरिएको उक्त म्युजिक भिडियो श्रोताले निकै रुचाएका छन् । टंक बुढाथोकीको संगीत रहेको ‘तिमीले बाटो फे¥यौ अरे’ बोलको गीतलाई भर्सटायल गायक राजेशपायल राईले पनि गाएका छन् । यसको पनि चाँडै चाँडै भिडियो ल्याउँने गीतकार तथा व्यवसायिक दर्पणले बताए ।

Darpan Rai

Darpan Rai

सन् २०१२ देखि कतारको दोहामा Capital Painting Group C0. सञ्चालन गर्दै आएका दर्पण गीति लेखनसँगै मोडलिङ पनि गर्दै आएका छन् । सोलुखुम्बुमा जन्मेर काठमाडौंको नयाँ बाजेश्वरमा स्थायी बसोबास गर्दै आएका दर्पणले पछिल्लो समय भने दोहालाई नै कर्मथलो बनाउँदै आएका छन् । गीति लेखन र मोडलिङमा भने आफनो रुचि भएको उनी बताउँछन । उनले चाँडै सोलो एल्बम ल्याउने बताए ।

Comments