सम्झिरहने छौं स्वरसम्राट नारायणलाई (सुनौं उनका सदावहार गीतहरु)
screennepal
प्रकाशित: २०७२, १९ मंसिर शनिबार
no img

काठमाडौं । नेपाली सुगम संगीतका स्वरसम्राट नारायण गोपाल हामी माझ छैनन्  । तर उनी हामी माझ गुञ्जिरहेका छन र सधै गुञ्जिरहने छन् । आज (शनिबार) उनको २५औं स्मृति दिवस मनाइरहँदा त्यो युगको सम्झना आइरहेको छ अर्थात नारायण गोपाल युग । जतिखेर नेपाली सुगमसंगीत भर्खरै उकालो लाग्दैथियो । त्यो समयदेखि नै उनी श्रोताको मानसपटलमा बस्न सफल भएका थिए । एक किसिमले भन्ने हो भने स्वरसम्राट नारायण गोपालका गीत नसुन्ने  संगीतप्रेमी नेपाली सायदै होलान् ।

narayan gopal

नारायण गोपालका गीतहरु कालजयी छन् । जसले गर्दा उनी नेपाली संगीतका श्रोतामाझ छाइरहेका छन् । नेपाली सुगम संगीतको कुरा आउनेवित्तिकै नारायण गोपालको नाम अगाडि आउँछ । यसको कारण उनले नेपाली सुगमसंगीतमा छाडेर गएको अमिट छाप नै हो । स्वरसम्राटको नारायण गोपालको सम्मानमा २५औं स्मृति दिवसको अवसरमा उनका कालजयी तथा सदावहार गीतहरु यहाँ पस्केका छौं ।

Comments