पार्क ग्यालरीमा तीन दर्जन कलाकारका कलाकृति
screennepal
प्रकाशित: २०७२, १८ मंसिर शुक्रबार
no img

काठमाडौं । पुल्चोकस्थित पार्क ग्यालरीमा ‘नवौं पार्क आर्ट फेयर–२०१५ चलिरहेको छ । १७ मंसिरबाट सुरु भएको यस चारदिने महोत्सवमा ३५ भन्दा बढी कलाकारका कलाकृति राखिएको छ । सो प्रदर्शनीमा नेपाली समसमायिक कला राखिएको छ । नेपाली कलामा देखिएका पछिल्ला नविन विषय र प्रस्तुति प्रदर्शनीमा राखिएका कलाकृतिमा रहेको छ । हरेक वर्ष आयोजना गरिने यो आर्ट फेयरमा नेपाललगायतका विदेशी मुलुकबाट पनि कलाकार सहभागी हुने प्रचलन रहेपनि यसपटक नेपालको राजनीतिक विषमताले सहभागी हुन निश्चितता जनाइसकेका कलाकारले अन्तिममा सहभागिता जनाउन सकेनन् ।

art

यसपटक जर्मनी कलाकारको सहभागिता रहेतापनि अन्य कलाकार अन्तिम समयमा आउन सकेनन् । ‘ग्यालरीले ९ वर्षदेखि यो कला महोत्सव हरेक वर्षको डिसेम्बरमा गरिरहेको छ । यो वर्ष युवा कलाकारका कामलाई बढी फोकस गरिएको छ । नयाँँ नयाँ काम र कलाकारलाई प्रोत्साहन दिने यो महोत्सवको मुख्य लक्ष्य रहेको प्रदर्शनीको संयोजन गरिरहेका विजय मर्हजनले बताए । उनले थपे, नेपाली समसामयिक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विषयमा केन्द्रीत रही बनाइएका कलाकृति प्रदर्शनीमा राखिएको छ ।’
‘नेपाली कलालाई यसप्रकारका गतिविधिले चलायमान बनाउनुका साथै कला संकलक र पारखीहरुका लागि पनि एकैथलोमा विविध कलालाई एकेठाउँमा प्रस्तुत गर्ने भएकाले नेपाली कलालाई परिष्कृत, परिमार्जित र बिस्तारित हुनलाई भूमिका खेल्ने’ नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष एवं सहभागी कलाकार केशव राज खनालले बताए ।

art1 (1)
‘यो आर्ट फेयरमा सिनियरदेखि नयाँ कलाकारका काम एकैठाउँमा हेर्न पाउनु हामीजस्ता कलाकारका लागि अवसर हो । यसमा मिनिएचरदेखि कलामा देखिएका पछिल्ला नविन शैलीका काम पनि प्रदर्शनीमा राखिएकाले यसले कलाका पारखीलाई निकै प्रभाव पार्नेमा विश्वस्त रहेको छ’ु, प्रदर्शनीमा सहभागी कलाकार सञ्जय श्रेष्ठले बताए ।
‘यो अग्रजदेखि नवोदित सबैलाई एकै छानामुनी कलाकृति प्रदर्शनी गर्ने मोका प्रदान गर्नु यस उद्देश्य रहेको छ । हामीले विगत ९ वर्षदेखि नेपाली कला र कलाकारलाई हरेक वर्ष एकैथलोमा ल्याएर चिनाउने र प्रचार प्रसार गर्ने परम्परा थालेका हौं’, पार्क ग्यालरीका सञ्चालक तथा कलाकार नीरा जोशीले बताइन् ।
प्रदर्शनीमा अनिता खनाल, नीरा जोशी, पुरन खडका, सुरेन्द्र प्रधान, केशव राज खनाल, देवेन्द्र थुम्केली, विजय मर्हजन, सञ्जय श्रेष्ठ, उमेश साह, चन्दा श्रेष्ठ, विशाल मानन्धर, विजय मर्हजन, ध्वज गुरुङ, गणेशकुमार जिसी, अनिल सुब्बा, डग्मार माथेस, दिपक थामी, क्ष्शान परियार, कञ्चन बुढाथोकी, कर्मछेटु गुरुङ, लक्ष्मण श्रेष्ठ, मञ्जु खडका, मुना बँडेल, नविन नाल्बो, नम्रता सिंह, निरज चित्रकार, पलिजा पि. श्रेष्ठ, प्रमिला बज्राचार्य, रविन्द्र के. श्रेष्ठ, रशना बज्राचार्य, सविता डंगोल, श्याम मर्हजन र आदित्य अर्याल सहभागी रहेका छन् ।

Comments