‘अमेरिका यहीँ’ गाउनेको ‘छलछल पानी’ यस्तो
screennepal
प्रकाशित: २०७२, १७ मंसिर बिहीबार
no img

गीतसंगीतमा भविष्य खोज्न सीता केसीले २०६४ सालदेखि नै थालेकी हुन् । स्वर मीठो भए पनि समयले साथ दिएन । गायनमा जुन सफलताको अपेक्षा गरेकी थिइन्, त्यो हासिल नभएपछि उनले पढाइलाई निरन्तरता दिइन् । कोरियन भाषा सिकेर परीक्षा पनि पास गरिन् । भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाउने केहीमध्ये उनी परिन् । उनले गायक पशुपति शर्मालाई भनिन्, ‘कोरिया जान पाइएन, अब यही देशलाई कोरिया मान्नुपर्ने भो । मलाई गीत लेखिदिनुहोस् ।’

sita-kc

उनको कथा नै पशुपतिका लागि गीतको विषय भयो र उनले लेखे, ‘मलाई अमेरिका यही’ । पुरुष स्वर पशुपतिकै रहेको उक्त गीतमा नारी स्वर भने सीताले भरेकी थिइन् । अभिनय पनि गरेकी थिइन् । दोस्रो चरणको संगीतयात्रा भने सफल रह्यो । यही सफलतालाई थप शिखरमा पु¥याउने ध्येयका साथ फेरि अर्काे गीत बजारमा ल्याएकी छिन्, ‘छल छल पानी’ । पुरुष स्वर रामजी खाँडको रहेको गीत रिलिजपछि आएको प्रतिक्रियाले पनि उनलाई उत्साहित बनाएको छ । सीपी मगरको लेखन रहेको गीतको म्युजिक भिडियोमा पार्वती राई र रामजी खाँडले नृत्य गरेका छन् ।

Comments