कोरियामै मोडलिङमा व्यस्त आलिशा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ मंसिर बिहीबार
no img

काठमाडौं । भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई मोडलि आलिशा सिंहको जीवनमा ठ्याक्कै लागू हुँदै आएको छ । सानैदेखि मोडलिङमा इच्छा राख्दै आएकी आलिशा विगत ६ वर्षयता दक्षिण कोरियामा छिन् । तर, उनले त्यहाँ पनि आफ्नो इच्छा पूरा गर्दै आएकी छन् । स्याङ्जाकी आलिशाले हालसम्ममा दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेको बताइन् । आलिशाले हालैमात्र एक नयाँ गीतको म्युजिक भिडियोमा देखिएकी छन् । पुजा मारियाको शब्द, बिनोद बस्नेतको संगीत र प्रमोद खरेलको स्वर रहेको ‘तिम्रो आँशु’ बोल गीतको म्युजिक भिडियोमा आलिशा देखिएकी हुन् ।

alisha

कोरियामै छायांकन गरिएको यस म्युजिक भिडियोमा ‘मायामा धोका पाएपछि मायालुको हत्या गर्न पनि पछि पर्दैनन्’ भन्ने कुरालाई चित्रण गरिएको छ । म्युजिक भिडियोमा केही समयअघि नेपालमा घटेको ‘एसिड काण्ड’लाई पनि जोडिएको छ । भिडियोको निर्देशन आलिशकै रहेको छ ।

https://www.youtube.com/watch?v=9IOPKDRmafg

alisha1

Comments