‘आवाज’की मनुताको रहर अझै बाँकी…(टाढा टाढा भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १५ मंसिर मंगलवार
no img

काठमाडौं । मनुता काङ्बाङ पछिल्लो समय राम्रै गायिकाका रुपमा चिनिन्छिन् । उनको उद्देश्य पनि यही थियो । उनलाई कुसल गायिकाका रुपमा चिनिनुथियो, त्यो आफ्नो सपना ‘आवाज’ अर्थात् ‘इक्ला’मार्फत पूरा गरेकी छन् । केही समयअघि मात्र एकल एल्बम ‘आवाज’ ल्याएकी मनुतासँग केही रहर र उद्देश्य पूरा गर्न भने बाँकी छ । उनी भन्छिन्, ‘मेरो सानैदेखि रुचि ‘आवाज’मार्फत पूरा गरेँ । अब अर्को उद्देश्य भनेको लिम्बू भाषाको चलचित्रमा अभिनय गर्नु हो । एउटा राम्रो लिम्बू भाषा र संस्कृतिको चलचित्रमा अभिनय गरेरमात्रै मर्ने मन छ ।’ हुन त मनुता जति स्वरकी धनी छिन्, उत्ति नै अभिनय र मोडलिङमा पनि । सानैदेखि गायिका बन्ने सपना पालेकी भए पनि मनुताको कलाकारिता मोडलिङबाटै सुरु भएको हो ।

manuta-kambang-albam-aawaj-1

सर्लक परेको ज्यान, सुरिलो स्वर र हँसिली मुहारकी मनुता ०६३ सालमा गायिका बन्ने सपना बोकेर पाँचथरको थर्पुबाट राजधानी छिरेकी हुन् । तर, उनलाई आफ्नो सुरिलो स्वरले भन्दा सुन्दर मुहारले अवसर प्रदान ग-यो अर्थात् मोडलिङ अँगाल्न पुगिन् । त्यो अवसरमा भने पूर्वेली लोकगीतका हस्ती खगेन्द्र यक्सो र राजु आङ्देम्बेले प्रदान गरेका थिए । गायिका बन्ने सपना बोकेर आएकी मनुतालाई देखेपछि गायक खगेन्द्र लोभिए र आफ्नो गीतमा मोडल बनाए । मुनता अहिले पनि त्यो सम्झिन्छिन् । उनी भन्छिन्, ‘खगेन्द्र दाईसँग भेटेपछि उहाँको गीतमा मोडलिङ गर्ने अवसर पाएँ । त्यसपछि गायक राजु आङ्देम्बेको गीतमा पनि मोडलिङ गर्ने अवसर पाएँ ।’ मनुताले खगेन्द्रको ‘खोरुंगा खोला’, राजुको ‘बासैले काटी’ लगायतका विभिन्न गीतमा मोडलिङ गरेकी छन् । उनले गायिका मनु नेम्बाङको विभिन्न लिम्बू भाषाको गीतमा पनि मोडलिङ गरेको बताइन् । यसरी थुपै्र गीतमा मोडलिङ गरिसकेकी भए पनि मनुता गायिकाकै रुपमा चिनिन चाहन्छिन् । ‘आफूलाई गायिका नै भन्न रुचाउँछु’ मनुताले भनिन्, ‘किनकि गायिका बन्ने मेरो सानैदेखिको इच्छा हो ।’

Manuta

गाउँघरमा मेलापातका जाँदा होस् वा हाटबजार नै किन नहोस्, सानैबाट पालाम (लिम्बूले नाच्ने धान नाच) भन्ने गरेको सुनाउँदै मनुताले सुनाइन्, ‘गाउँघरमा धान नाच्दा पालाम गाउने गर्दथिएँ । त्यहाँबाटै गायिका बन्ने रहर र मोह जागेको हो ।’ तर, हिजोआज आधुनिकताको हस्तक्षेपसँगै लिम्बू समुदायमासमेत धाचनाच चलन हराउँदै गएको छ । यस्ता पुरातनकालदेखि चल्दै आएको चलनलाई जर्गेना गर्न जरुरी रहेको मनुता बताउँछिन् । ‘आफ्नो कला र संस्कृति जोगाउनका लागि पनि लिम्बू चलचित्रमा अभिनय गर्ने सोच बनाएकी हुँ’ उनले भनिन्, ‘अरुले बनाएनन् भने म आफै भए पनि बनाउँछु ।’
गायिका बन्ने सपनाको पल्लाभारीसँगै मनुताले करिब आधा दशक सञ्चारकर्मीको समेत भूमिका निर्वाह गर्न भ्याइन् । उनीसँग गोरखा एफएम र नेपाल टेलिभिजनमा ६ वर्ष काम गर्नेको अनुभव छ । तर, हिजोआज भने उनी गायनमै बढी सक्रिय छिन् । आफ्नो पहिलो एल्बम ‘आवाज’ मार्फत सोचेभन्दा राम्रो प्रतिक्रिया पाएकाले पनि उनी गायनमा हौसिएकी हुन् । मनुताको ‘आवाज’लाई गायक रुकमान लिम्बूको कम्पनी रुबुशा क्रियशनले बजारमा ल्याएको हो । ‘आवाज’ मा समावेश ‘टाढा टाढा…’, ‘मेरो सुन्य थियो…’, ‘यो यात्रा…’ जस्ता बोलका गीत श्रोता तथा दर्शकले निकै रुचाएका छन् । यी गीतको म्युजिक भिडियोसमेत दर्शकले रुचाएको मनुताले बताइन् । मनुता गीतसमेत लेख्ने गर्छिन् । ‘मेरो सुन्य थियो…’ गीत उनकै शब्दरचना हो । यतिखेर भने उनी आफ्नो दोस्रो एल्बमको तयारी गर्दैछिन् । मुनता भन्छिन्, ‘यो वर्षभित्र अर्को एल्बम ल्याउँने सोच बनाएकी छु ।

https://www.youtube.com/watch?v=cYFbM0NnlDs

Comments