पहिचान खोज्दै राजनले ‘अलि अलि हाँसी दिए’ (भिडियो हेनुस्)
screennepal
प्रकाशित: २०७२, १५ मंसिर मंगलवार
no img

काठमाडौं । कुनै समयका चर्चित जनवादी गायक तथा संगीतकार राजन राई यतिखेर भने पहिचानको आवाज उठाइरहेका छन् । केही वर्षयता गीतसंगीत तथा कलामार्फत जातीय पहिचानको लडाई लड्दै आएका राजनले चाँडै नै यसबारे एल्बम ‘स्वभीमानका स्वरहरु’ ल्याउँदैछन् । एल्बमका अधिकांश गीतमा पहिचानबारे आवाज उठाएको राजनले बताए । नयाँ संविधान निर्माणसँगै पहिचानका आवाजहरु जताततै उठिरहेका बेला संगीतको माध्यम लिएर आफूले पहिचानको आवाज बुलन्द गर्ने प्रयास गरेको उनले बताए । ‘स्वभीमानका स्वरहरु’ एल्बमका सबैगीत तयार भइसकेको बताउँदै राजनले भने, ‘अब केही दिनमै सार्वजनिक गर्ने सोच छ ।’

rajan rai
यसरी जनवादी हुँदै पछिल्लो समय एक्लो पहिचानवादी गायकको रुपमा चिनिन थालेका राजनले एउटा प्रेमभावनाको गीत श्रोता दर्शकका लागि पस्केका छन् । युवापुस्तालाई केन्द्रीत गरेर राजनले ‘अलि अलि हाँसी दिएँ’ बोलको गीत यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । गीतमा राजनकै शब्द तथा संगीत रहेको छ । मिनाक्षी कोइरालाको निर्देशन रहेको यस भिडियोमा नायक मुकेश आचार्य र रुस्मा राईले अभिनय गरेका छन् । यो गीत अहिले यु–ट्युबमा लोकप्रिय हुने क्रममा छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=SMqe7eAtOlI

Comments