गणेशको ‘सल्ला धुपैले…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १३ मंसिर आईतवार
no img

काठमाडौं । गायक गणेश गुरुङले आफ्नो पछिल्लो गीतिसंग्रह ‘सल्ला धूपैले…’ लिएर आएका छन् । लोकदोहोरी क्षेत्रमा स्थापित गुरुङले आफ्नो गायनको डेढ दशकभित्र धेरै सफल गीत दिइसकेका छन् । मनकामना केवलकारमा गेट बोलको गीतबाट गायनको करिअर सुरु गरेका गायक गुरुङले दोहोरी एवं सालैजो जस्ता मौलिक पहिचान बोकेका गीतहरु गाइसकेका छन् । उनको शब्द र लयमा प्रायजसो आफ्नै गाउँ परिवेशको सुगन्ध पाइन्छ । गोर्खामा जन्मिएका गायक गुरुङले प्रायजसो गण्डकी, धौलागिरीतिर चल्ने वास्तविक लोकलयलाई नै बढी केन्द्रित गरे गीत बजारमा ल्याउने गरेका छन् ।

songer

मिठो स्वरका धनी गायक गणेश गुरुङको शब्द र स्वरमा सजिएको गीत सल्ला धुपैले यतिखेर बजारमा आएको छ । मायाप्रेममा भुलेका जोडीहरुको कथालाई समेटेर गायक गुरुङले शब्द संयोजन गरेका छन् । गाउँले परिवेशमा रहेर उनले मौलिकतालाई गीतमा पस्किएका छन् । गायनको डेढ दशक बितिसक्दा उनले धेरै समधुर गीतहरु गाए । गीतमा मौलिकता भए मात्र त्यसको मर्म प्रष्ट हुन्छ भन्ने गायक गुरुङ यतिबेला भने युके भ्रमणमा छन् । युकेमै रहेका बेला उनले सल्ला धुपैले बजारमा ल्याउन सफल भएका हुन् । भिमकला गुरुङ र गायक गणेश गुरुङको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यो गीतमा गायक गुरुङलाई भीकलाले स्वरमा साथ दिएकी छिन् । रोहित क्षेत्रीको थेगो रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको यस गीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो । यस गीतको म्यूजिक भिडियोमा दिपेन गुरुङ र डिम्पल मगरको अभिनय रहेको छ ।

Comments