गीतमार्फत नेपालीलाई जाग्न आग्रह (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ११ मंसिर शुक्रबार
no img

काठमाडौँ । यतिखेर नाकाबन्दीका कारण नेपालमा आमनागरिकलाई दैनिक गुजारा गर्न गाह्रो परिरहेको छ । भूकम्पको विध्वंशबाट तंग्रिन नपाउँदै मधेश आन्दोलन र अत्यावश्यकीय सामग्रीको आपुर्ति समस्याले देशलाई कठिन मोडमा पुर्याएको छ । यसको प्रत्यक्ष असर स्वदेशमा रहेका जनतामा परेको छ । यद्यपी, विदेशमा रहेका नेपाललाई माया गर्ने नेपाली पनि चैनले बस्न, सुत्न सकेका छैनन् । नेपालीले भोगिरहेको समस्याले उनीहरुको मनमा पीडा परेको छ । त्यो पीडा सबैले व्यक्त गर्न सकिरहेका छैनन् । विदेशमा रहेका नेपालीको प्रतिनिधि आवाजलाई दुई युवाले गीतमार्फत व्यक्त गरेका छन् ।
अमेरिका र अष्ट्रेलिया पुगेका दुई युवाले आफ्नो दुखेको देशलाई भर्खरै गीत मार्फत सम्झिएका छन् । अष्ट्रेलियामा बस्दै आएका नेत्र सापकोटा (राज आई) र अमेरिकामा बस्दै आएका लाक्पा शेर्पा (लाक्पा याक) ले गीतमार्फत देशलाई सम्झिएका हुन् । नेपाल आमाको मुहारमा देखिएको कालो छाँया हटाउनका लागि नेपाली नै जाग्नु पर्नेमा जोड दिँदै उनीहरुले देश बनाउँछु भन्नेहरु नै आतंक फैलाउन उद्धत रहेको सन्देश दिएका छन् ।
बन्द, हड्ताल, आन्दोलनमा विद्यार्थी सहभागी हुने, जनताको सुरक्षाका लागि खटिएका प्रहरीसँग हुने द्धन्द्धप्रति पनि उनीहरुले दुख व्यक्त गरेका छन् । सन् २०१५ नेपालका लागि पीडादायी भएको सम्झना गर्दै उनीहरुले नयाँ पुस्ताले नै अब देशको विकास गर्नु पर्नेमा गीतमार्फत आग्रह गरेका छन् ।

Comments