चीनमा ५० देशका सुन्दरीसँग भिड्दै अप्सरा
screennepal
प्रकाशित: २०७२, ११ मंसिर शुक्रबार
no img

काठमाडौं । विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीन पुगेकी छन् । चीनको सेन्जेन शहरमा २६ नोभेम्बरदेखि ६ डिसेम्बरसम्म संचालन हुने यस प्रतियोगितामा अप्सराले विश्वका ५० भन्दा बढी मुलुकका विवाहित सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन् । अप्सरा केही समय अगाडि मात्रमा पोखरामा सम्पन्न मिसेस् पोखरा २०१५ का विजेता हुन् । यस अघि मिसेस् ग्लोबको २०१३ र २०१४ को संस्करणमा नेपालको तर्फबाट रजनी थापाको सहभागिता रहेको थियो । जसमा रजनीले २०१३ मा मिसेस् फिलान्थ्रोपी र २०१४ मा लिडर अफ द इयरको अवार्ड जितेकी थिइन् । अप्सराको मिसेस् ग्लोबमा सहभागिताका लागि ईप्लानेट प्रा. लि. ले सहकार्य गरेको हो भने मिसेस् नेपाल २०१३ की विजेता रजनी थापाले यसका लागि संयोजन गरेकी हुन् ।

Apsara

Comments