गायनबाट असन्तुष्ट : पाश्र्वसंगीततिर गायक उत्तमजंग (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ११ मंसिर शुक्रबार
no img

काठमाडौं । पछिल्लो समय कतिपय संगीतकारहरु गायक बन्नेक्रममा छन् । तर, यसैबेला गायक उत्तमजंग लिम्बु लावती भने संगीततिर लोभिएका छन् र एक कुसल संगीतकारका रुपमा समेत प्रस्तुत गर्दैछन् । आधुनिक र चलचित्र गरी एक सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका उत्तमजंग यतिखेर नेपाली चलचित्र ‘हामी शरणार्थी’ मा संगीत दिन व्यस्त छन् । यस चलचित्रका अलावा उनले गायक दीपक लिम्बुको नयाँ एल्बमका लागि पनि सोलो संगीत गरिरहेका छन् । ‘खोजी प्रतिभाको’ नामक सांगीतिक रियालिटी सोमार्फत गायनमा औपचारिक रुपमा प्रवेश गरेका उत्तमजंग ‘भर्सटायल गायक’ रुपमा चिनिन्छन् । तर, उनी आफ्नो गायकप्रति भने सन्तुष्टि छैनन् । गायनमा सन्तुष्ट नभएकै कारण संगीत गर्नतिर लागेको उत्तमजंगले बताए । ‘गोल्डेन टच’ र ‘हल्का’ गरी दुई वटा सोलो एल्बम ल्याइसकेपछि संगीतकार बन्ने मोहमा लागेका उत्तमले भने,‘अब संगीत कम्पोजिसनलाई नै बढी प्राथमिकता दिन्छु । गाउनचाहिँ गाउँछु तर कम सेलेक्टेड गीत मात्र गाउने सोच बनाएको छु ।’

utam
हिजोआज चलचित्र र एल्बममा संगीत कम्पोज गर्न व्यस्त रहेका उत्तमजंगले आफूलाई फुर्सदले संगीतकार बनाएको समेत बताए । संगीत सिर्जनातिर लाग्नुको कारण खुलाउँदै उनले भने, ‘बिच समयमा फुर्सद भएँ, फुर्सदको समय के गरी सदुपयोग गर्ने भनेर सोच्दासोच्दै संगीत सिर्जनातिर लागेको हुँ ।’ चलचित्रको संगीतर बन्ने अवसर भने निर्देशक विजय केरुङले दिएको उत्तमजंगले बताए । विजय र उत्तमजंग सम्बन्धले मामा–भान्जा पछ्र्रन् । भान्जाको संगीत मनपरेपछि विजयले उत्तमजंगलाई आफ्नो चलचित्र ‘हामी शरणार्थी’ मा संगीकारको जिम्मा दिएका हुन् । आफ्नो पहिलो चलचित्र भएकाले उत्तमजंगले ‘हामी शरणार्थी’ मा भारतीय गायक÷गायिकाको स्वरमा गीत रेकर्ड गराएका छन् । चलचित्रमा साधना सरगम, वैशाली बैशणलगायत नेपाली गायक÷गायिका दीपक लिम्बु, भीम लिम्बु, रुकमान लिम्बु, ममता काङबाङ, दीपा लामा र भिषण मुकारुङले गाएका छन् ।

Utam jung

चलचित्रको संगीतर बन्ने अवसर भने निर्देशक विजय केरुङले दिएको उत्तमजंगले बताए । विजय र उत्तमजंग सम्बन्धले मामा–भान्जा पछ्र्रन् । भान्जाको संगीत मनपरेपछि विजयले उत्तमजंगलाई आफ्नो चलचित्र ‘हामी शरणार्थी’ मा संगीकारको जिम्मा दिएका हुन् । आफ्नो पहिलो चलचित्र भएकाले उत्तमजंगले ‘हामी शरणार्थी’ मा भारतीय गायक÷गायिकाको स्वरमा गीत रेकर्ड गराएका छन् ।

उत्तमजंग आफै पनि पाश्र्वगायनमा जमेका छन् । तर, उनले चलचित्रमा स्वर दिएका छैनन् । उत्तमजंगले गाएका थुप्रै चलचित्र गीत हिट छन् । त्यसमध्ये चलचित्र ‘मायाको बारीमा’को शीर्ष गीत, ‘प्रितिको फूल’ को ‘डर थियो मलाई’, ‘मनपराएँ माया लाएँ’ को शीर्ष गीत, ‘नागबेली’ को ‘आजको खुसीको दिन’ लगायतत हुन् । यसरी चर्चित गीतहरु गाउँदै आए पनि अहिलेसम्म आफूले चाहेजस्तो गीत गाउन नपाएको उनले बताए । ‘थोरै समयमा धेरै गाएँ’ उनले भने, ‘तर, सोचेजस्तो भएन । त्यसैले पनि संगीत सिर्जना गर्नतिर लागेको हुँ ।’ गाउन र संगीत कम्पोजिसनमा धेरै फरक पर्ने समेत उत्तमजंगले बताए । ‘गाउनुभन्दा कम्पोज गर्न गाह्रो छ’ उनले भने, ‘तर गाह्रो भए पनि यसमा सन्तुष्टि मिल्छ ।’ उत्तमजंगका अनुसार आम्दानीको हिसाबले समेत संगीत कम्पोज राम्रो हो । तर, नामका लागि भने गाउँनैपर्छ ।

उत्तमजंगको ‘मलाई हँसाउँदा…’ बोलको गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments