काठमाडौं । ‘मिस्टर वल्र्ड–२०१६’मा नेपाली युवाले पनि सहभागिता जनाउन पाउने भएका छन् । ‘मिस्टर वल्र्ड’मा प्रतिनिधि पठाउने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ । स्वदेशमा आयोजना हु“दै आएका पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’ बिजेताले यस बर्षबाट ‘मिस्टर वल्र्ड’ मा सहभागिता जनाउन पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । एक्पोज नेपालले बिज्ञाप्तीमार्फत १४औं संस्करण्ँ ‘मिस्टर नेपाल–२०१६’ आगामी फागुनमा हुने जनाउ“दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास आयोजकको छ ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, Ôमता उजागरलगायत नेतृत्वदायी Ôमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिता बारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी वढाउन प्रतियोगीताले सहयोग पु¥याउने विश्वास आयोजकको छ । १६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । काठमाडौ, पोखर, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागिता गराइइने जनाइको छ ।