शिलाको ‘मुटुभरी माया’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । गायिका शिला राईले आफ्नो दोस्रो एल्बम ‘प्रेम’ को एउटा गीतको ‘अनप्लग टाइप’को भिडियो सार्वजनिक गरेकी छन् । उनले एल्बमको ‘मुटुभरी माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यसअघि ‘कस्तो मन’ नामक एल्बम ल्याएकी शिलाले आफ्नो दोस्रो एल्बम ‘प्रेम’ सबैखाले गीत अँटाएको बताएकी छन् । अघिल्लो एल्बम ‘कस्तो मन’ को खाशै प्रमोसन गर्न नपाएको शिलाले बताइन् । ‘एल्बम त ल्याएँ, तर, प्रमोसन भएन’ उनले भनिन्, ‘यसपटकचाहिँ प्रमोसन गर्ने सोच बनाएकी छु ।’ उनले ‘प्रेम’ विमोचन गर्ने सोच बनाएकी छन् । त्यसैलेएल्बम सार्वजनिक गर्न केही दिन लाग्ने शिलाले बताइन् । एल्बममा रहेका गीतमध्ये ‘मुटुभरी माया’को यो लिप्सिङ भिडियो यहाँ प्रस्तुत गरेका छौं ।

Comments