रजतपटमा मुस्लिम युवती : सानिया खानलाई उतार्दै ‘देव–देवकी’
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । नेपाली चलचित्र ‘देव–देवकी’मार्फत सानिया खान रजतपटमा प्रवेश गरेकी छन् । कपिलवस्तुकी सानिया मुस्लिम परिवारबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने सम्भवतः पहिलो नायिका हुन् । नेपालमा रहेका मुस्लिम समुदायका नारी पात्रले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको विरलै पाइन्छ । यसैबेला सानियाको प्रवेश भएको छ । सानियाले आफू चलचित्र क्षेत्रमा आउनलाई परिवारबाट समेत राम्रो साथ पाएको बताइन् । अभिनय र नृत्यमा औपचारिक तालिम लिएपश्चात चलचित्र क्षेत्रमा प्रवेश गरेकी सानियालाई श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रालिको व्यानरले निर्माण गरेको चलचित्र ‘देव–देवकी’मार्फत पर्दामा देखिन लागेका हुन् ।

????????

उनलाई यहाँ ल्याउनमा यस चलचित्रका निर्माता तथा निर्देशक माधव खरेलको पनि देन छ । उनै खरेलले सानियालाई पर्दामा उतारेका हुन् । प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा सानियाले आशाजनक अभिनय गरेकीछन् । ‘देव–देवकी’ ले यस क्षेत्रमा आफ्नो भाग्य निर्धाण गर्ने सानिया बताउँछिन् । यस चलचित्रमा अभिनय गरेपछि केही अन्य प्रोजेक्टमा पनि अभिनय गर्नका लागि प्रस्ताव आएका उनको भनाइ छ । तर, उनी उत्कृष्ट कथावस्तु भएमात्र अभिनय गर्ने बताउँछिन् ।

????????

S_10

Comments