डेड दशकपछि तिर्खा मेटाउँदै मदनकुमार !
screennepal
प्रकाशित: २०७२, ९ मंसिर बुधबार
no img

सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका मदनकुमार त्यो दिनको स्मरण गर्दै भन्छन्, ‘ओमप्रकाशसँग हामी दिन–रात हारमोनियममा साधना गर्दथ्यौं । तर, अहिले ओमप्रकाश बरिष्ठ भइसक्नुभएको छ ।’ उनले ओमप्रकाशकै एकल संगीतमा गीति एल्बम ‘तिर्खा’ तयार गरेका छन् । एल्बममा सेर्बा राईको एकल शब्दरचना रहेको छ । ‘तिर्खा’ मा गाउँकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुईटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् ।

– एमपी सुब्बा

काठमाडौं । भनिन्छ, रहर र इच्छा भए समयले छेक्दैन । हो, यो भनाइ मदनकुमार राईका लागि ठ्याक्कै चरितार्थ भएको छ । मदनकुमार हिजोआज डेड दशकयताको आफ्नो सांगीतिक तिर्खा मेटाउँदैछन् । ०५८ सालतिरै गायक बन्ने सपना र उद्देश्यले सांगीतिक साधना सुरु गरेका मदनकुमारले केही दिनमै ती आफ्ना रहर र सपना पूरा गर्दैछन् अर्थात् आफ्नो पहिलो सांगीतिक कोशेली ‘तिर्खा’ श्रोतामाझ पस्कँदैछन् । ‘यो महिनाभित्रै ‘तिर्खा’ एल्बम ल्याउँदैछु’ गायक मदनकुमारले भने, ‘एल्बम ल्याएपछि मेरो सपना पूरा हुनेछ ।’ आफ्नो पहिलो एल्बममा चार वटा गीत रहने र ती सबै रेर्कडिङ भइसकेको उनले बताए ।

nadan k rai
सुनसरी,पकली–३ का मदनकुमारले ०५८ सालदेखि नै क्लासिकल संगीत सिक्न थालेका हुन् । करिब तीन वर्ष क्लासिकल म्युजिक सिकेको उनले बताए । त्यो समयमा मदनकुमारका संगीत साधनाका समकक्षी ओमप्रकाश राई थिए । तर, अहिले ओमप्रकाश नेपाली सांगीतिक क्षेत्रमा चर्चित संगीतकारका रुपमा चिनिन्छन् । मदनकुमार भने नवगायकका रुपमा ‘तिर्खा’मार्फत उदाउँदैछन् । यो उनको रहर भने होइन । बाध्यताले विदेशिनु परेकाले आफू पछाडि परेको उनको भनाइ छ । सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका मदनकुमार त्यो दिनको स्मरण गर्दै भन्छन्, ‘ओमप्रकाशसँग हामी दिन–रात हारमोनियममा साधना गर्दथ्यौं । तर, अहिले ओमप्रकाश बरिष्ठ भइसक्नुभएको छ ।’ उनले ओमप्रकाशकै एकल संगीतमा गीति एल्बम ‘तिर्खा’ तयार गरेका छन् । एल्बममा सेर्बा राईको एकल शब्दरचना रहेको छ । ‘तिर्खा’ मा गाउँकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुइटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् ।

madan
आफ्नो सांगीतिक तिर्खा मेटाउन एल्बम ‘तिर्खा’ को तिव्र तयारी गरिरहेका गायक मदनकुमारले भने, ‘मनैदेखि इच्छा भएकाले विदेशमा हुँदा पनि साधना गर्न छाडिनँ । बिहान–बेलुकी हार्मोनियममा साधना गर्दै आएको छु ।’ उनले आफ्नो रहर र इच्छामा आफ्नी पत्नी जिता राईले उत्साह थपिए दिएकाले ढिलै भए पनि एल्बम गर्न सफल भएको मदनकुमारले सुनाए । ‘मेरो मात्र रहर र इच्छाले सायद अहिले पनि एल्बम तयार हुँदैनथ्यो होला’, उनले भने, ‘तर, मलाई सधै श्रीमतीले साथ दिइरहिन् । तिर्खा एल्बम तयार गर्नको उनको पनि ठूलो देन छ अनि साथीहरुको हौसला र प्रेरणा पनि छ ।’ एल्बम सार्वजनिक गरेपछि श्रोता र दर्शकको प्रतिक्रिया बुझेर अगाडि बढ्ने उनले बताए ।

Comments