इन्द्रजीतको ‘रहर’मा मेलिनाको भिडियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ६ मंसिर आईतवार
no img

काठमाडौं । गीतकार इन्द्रजीत लाओती ‘रहर’ लिएर आएका छन् । स्थानीय पाँचथरका लाओतीले आधुनिक गीति एल्बम ‘रहर’ केही समयअघि सार्वजनिक गरेका हुन् । केही वर्षयता दक्षिण कोरियामा रोजगारीको सिलसिलामा बस्दै आएका लाओतीको ‘रहर’ मा बोलाउन मन लाग्छ, अन्तैबाटो मोडिएपछि, जसले बढी चोट दिन्छ, तिम«ो न्यानो साथ, जब साँझ पर्दै गयो, भुल्न भन्यौ, तिम«ो आत्मा, धेरै माया र घात ग-यौ बोलका आधुनिक गीतहरु रहेका छन् । जसमा दीपक लिम्बु, अञ्जु पन्त, परिहास सुब्बा, मेलिना राई, प्रकृति थलङ, उत्तमजंग लिम्बु, पमोद खरेल, सिडीबिजय अधिकारी, गोविन्द खजुम, सुन्दरपदम लाओतीलगायतको स्वर सुन्न सकिन्छ ।

melingaaa_Thumb

एल्बमका अधिकांश गीतमा राजशुक्र लिम्बुको संगीत रहेको छ । अन्य तीन गीतमा महेश खडका र डिआर अटुको संगीत रहेको छ । एल्बमका केही गीतको म्युजिक म्युजिक भिडियो समेत बनेका छन् । जसमध्ये प्रमोद खरेलले गाएको ‘धेरै माया’ लोकप्रिय बन्दै गएको छ । मनोरञ्जन नेपालले अपलोड गरेको मेलिना राईले गाएको अनप्लग भिडियो हेर्नुस ।

Comments