रोजले ल्याए ‘भर्खरै भर्खरै’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ४ मंसिर शुक्रबार
no img

काठमाडौ । गायक तथा संगीतकार रोज मोक्तान सांगीतिक क्षेत्रमा नयाँ कोशेली लिएर आएका छन् । उनले आफ्नो पछिल्लो चर्चित एल्बम ‘मौलिकता’ को तेस्रो गीत ‘भर्खरै भर्खरै…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा बिनय मोक्तान, पार्वती राई र गायक स्वयंमको अभिनय देख्न सकिन्छ । मिलन लामाको शब्द तथा संगीत रहेको उक्त गीतमा मधुर बस्नेतको छायांकन र राजाबाबु केसीको निर्देशन रहेको छ । करिब दुई बर्ष अगाडि सार्वजनिक एल्बम ‘मौलिकता’को यसअघि ‘भमरा भुल्यो यानी माया…’ र ‘गोर्खाली गोर्खाली…’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो सार्वजनिक भएका थिए । दर्शकको चाहना र मागअनुसार अहिले तेस्रो गीतको म्युजिक भिडियो ल्याएको मोक्तानले बताए ।

roj 4

‘दर्शकमा मेरो एल्बमको सबै गीतको म्युजिक भिडियो आइदियोस् भन्ने मैले पाएको छु’ रोजले भने, ‘दर्शकको चाहनाअनुसार एल्बमका सबै गीतको क्रमशः भिडियो सार्वजनिक गर्नेछु ।’ एल्बमको अब छिट्टै ‘सिरसिरे हावा चल्यो …’ बोलको गीतको म्युजिक भिडियो ल्याउने उनले बताए । ०५२ मा तामाङ भाषाको एल्बमबाट गायन करियर सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको दर्जन एल्बम गरी डेढ दर्जन एल्बम बजारमा आएका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशमा समेत परिचित छन् ।

‘कलकत्ते काइयो…’, ‘हेलम्बुको बजारमा..’, ‘हिउ प¥यो फुरुरु…’, ‘रातो रातो गाला..’, ‘झमझम स्टकोट…’, ‘झिम्काई देउ परेली…’, ‘आखाको रमझम…’, ‘यानी माया’लगायत दर्जर्नौ लोकप्रिय गीतका यी गायक रोजस“ग दुबई, कतार, मलेसिया, कुबेत, जापान, कोरिया, हंङकंङ, बेलायत, क्यानडा, अमेरीका, जर्मन, बेल्जियम, सुइजल्याण्ड, फ्रान्स ,इटली, स्पेन, डेनमार्क, नेदरल्याण्डलगायत देशमा संगीतिक कार्यक्रम गरेको अनुभव गरिसहेका छन् ।

roj 5

Comments