बाबु–छोरीको न्युयोर्कमा ‘कहिँ कतै’
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
no img

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित कुइन्स प्यालेसमा हालै आयोजित एक भब्य कार्यक्रमबिच गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह ‘कहिँ कतै’ को विमोचन गरिएको छ । एल्बमको प्रमुख अतिथी एवं नेपाली वाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराई, कार्यक्रमका सभापति लोकगायक नबिन ढुंगेल, अतिथि गायक यम बराल र नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा एल्बममा संगृहित ‘कहिले काहिँ मलाई पनि सम्झि देऊ है..’ बोलको गीतको विषयमा बरिष्ठ गायक यम बरालले टिप्पणी गरेका थिए भने गायक राजेन्द्र राईको ‘भुल्यो कि तिमीले…’ र छोरी एञ्जिला राईसँगैको स्वरमा रहेको ‘ड्याडी आई लभ यु..’ बोलको गीतको म्युजिक भिडियोसमेत प्रर्दशन गरिएको थियो । बिमोचित एलबम ‘कहिँ कतै’ मा उल्लेखित दुई गीतसँगै ‘ए माया.., आँखा भरी.., जाँदा जाँदै.., ‘माया मेरी मायालगायतका दश गीत समावेश छन् ।

kahi katai

संग्रहमा गायक राइसँगै बिनोद खम्बु, शान्ति लामा र राजेन्द्र श्रेष्ठको शब्दमा बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राईको संगीत रहेको छ । ‘कहिँ कतै’लाई थ्रिजी साउण्डले प्रर्बद्धन गरेको हो । गायक तथा संगीतकार राजेन्द्र राइको जन्म २०३३ सालमा दोर्पा–१ खोटाङ दिक्तेलमा भएको हो । २०४९ साल बिराटनगरमा आयोजित बालगीत प्रतियोगितामा प्रथम भएपछि उनको सांगीतिक यात्राले औपचारिकता पायो । २०५५र ५६ सालमा राष्ट्रिय नाचघरको संगीत छात्रबृत्ति र ४ वर्ष साधना कला केन्द्रमा सांगीतिक शिक्षा हासिल गरेका राईले २०५६ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक तथा लोकगीत दुवैतर्फ स्वर परिक्षा उतिर्ण गरिसकेका छन् । आधुनिक र लोकगीत गरि करिब ३० ओटा भन्दा धेरै गीत रेकर्ड गराइसकेका राईको पहिलो गीत ‘भुल्यौ कि तिमीले दिक्तेलको बजार डुलेको’ हो भने पहिलो गीति एल्बमको रुपमा ‘मायालु’ प्रकाशनमा आएको थियो । राईले सांगीतिक यात्रालाई निरन्तरता दिदै दोश्रो एल्बम स्वरुप सुमधुर आवाजकी धनी आफ्नी छोरी एन्जिलाको साथमा ‘कहीँ कतै’ बजारमा ल्याएका हुन् ।

12270379_796369067138247_1154951556_n

Comments