‘मिसेस टप अफ द वल्र्ड २०१५’ मा रजनी बनिन् ‘फोर्थ रनर अप’
screennepal
प्रकाशित: २०७२, २ मंसिर बुधबार
no img

काठमाडौं । टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म भएको ‘मिसेस टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएकी रजनी थापाले ‘फोर्थ रनर अप’ को उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा मिसेस् डायमण्ड टप अफ द वल्र्डको अवार्ड पनि जित्न सफल भएकी छन् । ई–प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस्् नेपाल प्रतियोगिताकी विजेता रजनीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो अवसर हो ।

rajani thapa

Rajani

रजनीले चारवटै अवसरमा सफलताको स्वाद चाख्न सफल रहिन् । यसअघि रजनीले ‘मिसेस ग्लोब–२०१३’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी उनले ‘मिसेस् फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स–२०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस् ग्लोब २०१४मा लिडर अफ द इयरको अवार्ड जित्न सफल भएकी हुन् । ई–प्लानेटको संयोजन र सहकार्यमा मिसेस् टप अफ द वल्र्डमा सहभागिता भएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावना दूतसमेत रहेकी छन् ।

rajani

दुई दर्जनभन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको मिसेस् टप अफ द वल्र्ड–२०१५को उपाधि भने बुल्गेरियाकी गालेना डिमोभाले चुमेकी छन् । यसैगरी फस्ट रनर अपतर्फ कोलम्बीयाकी माल्का डेनेभिस, अजरवैजानकी तेहेराना बाह्रुजी सेकेन्ड रनर अपतथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अपविजेता चयन भएका थिए ।

Comments