अशोकको वास्तविक प्रेमकथामा खुश्बु (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १ मंसिर मंगलवार
no img

काठमाडौं । नायिका खुश्बु खड्का र गीतकार अशोक केसीको अभिनयमा ‘म मरेको पल’ बोलको लोकगीतको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । शिवदर्शन डिजिटल प्रालिको प्रस्तुती रहेको यस गीतको शब्दरचना अशोक र आदिम केसीले गरेका हुन् । हाल रोजगारीको शिलसिलामा मलेसियामा रहेका अशोकले उक्त गीत वास्तविक घटनामा आधारित रहेको बताए । ‘म मरेको पल’ गीत वास्तविक घटनामा आधारित गीत हो’ उनले भने । म्युजिक भिडियोमा प्रेमिकाबाट धोका पाएपछिको घटनालाई चित्रण गरिएको छ । म्यजिक भिडियोमा समेटिएको कथा आफनै घटना भएको समेत अशोकले बताए । उनले भने, ‘दुखको यादमा आफूले वियोगको गीत रचना गरेको हुँ ।’

khushbu
यस गीतमा रामु विसी र पूर्णकला विसीले स्वर भरेका छन् । जीवन सेञ्चुरीको सम्पादन रहेको यस भिडियो हेरेर माया–पिरतीमा बिछोडिहरुले पनि मनोरञ्जन लिन सक्ने अशोकको दावी छ । (भिडियो हेर्नुहोस्)

Comments