तिहारको याद आइरहने यो गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २९ कार्तिक आईतवार
no img

काठमाडौं । चेली र माइतीको विशेष चाड तिहार भर्खरै सकिएको छ । तर, तिहारको सम्झना भने सधैं रहिरहने छ । तिहारमा चेलीले माइतीलाई भाइटीका लगाइदिन्छन् । त्यसैले चेली र माइतीमा तिहालको विशेष महत्व छ । अरुबेला भेट नभए पनि तिहारमा एकपटक चेली र माइती भेट्ने कोशिस गरिन्छ । तर, कति चेलीमाइती वर्षमा एक दिन पनि भेट्न पाउदैनन्, खल्लो मान्दै अर्को साल भाइटीका लगाउने भनेर चित्त बुझाउँछन् । धेरै माइती विदेशीएका छन् । तिहारको बेला विदेशीएका माइतीले आफ्ना चेली सम्झन्छन्, गाउँघरमा तिहारको रौनक, देउसे, भैलो, झिलिमिलि बक्ति सम्झन्छन् । लक्ष्मीपूजाको साइत पारेर सार्वजानिक गरिएको गीतकार इशा लावती लिम्बूको तिहार गीतले यस्तै चेलीमाइतीको न्यास्रो भावनाका बोकेको छ ।

Vaitika
अशोक राईको संगीत रहको राख्नु है बहिनी बोलको यो गीतको म्यूजिक भिडियो भर्खरै छायाङ्कन सकिएको छ । सञ्जय तुम्रोक, दुर्गा परियार र रुपक चौधरीको स्वर रहेको यो गीतको म्यूजिक भिडियो निर्देशन कृष्णभक्त महर्जन र लोकेन साम्बा लिम्बूले गरेका छन् । गीतमा मिलन लिम्बू र पार्वती राईको अभिनय गरेको छ । त्यस्तै टीका माखिम, सुक तुम्रोक लगायत अन्य कालाकारहरु समेत म्युजिक भिडियोमा देख्न पाइने छन् ।

Comments