कन्सर्टमा रमाए झापाली दर्शक
screennepal
प्रकाशित: २०७२, २४ कार्तिक मंगलवार
no img

झापा । तिहारको पहिलो दिन काग तिहारमा झापालीहरु बिहान कागको पुजा गरेर बेलुका सांगीतिक माहौलमा रमाएका छन् । सार्वजनिक शौचालय निर्माणमा सहयोग जुटाउने उद्धेश्यले झापाको झिलझिलेमा झापाली युवा सरोकार समाज नेपालले आयोजना गरेको ‘छैठो म्यूजिकल इभ लाइभ इन कन्सर्ट’ मा झापालीहरु दिल खोलेर रमाएका थिए । कार्यक्रममा कन्सर्टको विशेष आकर्षणका रुपमा रहेको मुक्ति एण्ड रिभाईवल व्याण्डले आफ्ना चर्चित गीतहरु ‘चौबन्दी चोली’, ‘साँझको जुनसँगै’ र ‘डाली रेशम’लगायतका गीत प्रस्तुत गरेको थियो । चर्चित पप गायिका श्रेया सोताङले ‘सुस्तरी’ र ‘यो छोरीको रुपमै राम्रो’ गाउँदा झापाली संगीतकार तथा गायक टंक बुढाथोकी ‘घण्टी बज्यो’ र ‘काली तिम्रो नजरैले’मा गुञ्जिए ।

mmm
त्यस्तै पुस्कर सुनुुवारले ‘लामो कालो केश’ र ‘नयनमा गाजल कालै राम्रो सुनाउँदा बादल लिम्बुले ‘मैले जसको हातमा जिन्दगी राखेँ’, ‘डुब्दै गएँ म’ र ‘पैरेनी पाखा’ बोलको गीत गाए । स्थानीय झिलझिले माविमा आयोजना गरिएको कार्यक्रम साँझ सात बजेदेखि मंगलबार बिहान दुई बजेसम्म चलेको थियो । कार्यक्रममा करिब पाँच हजार दर्शकको उपस्थिति रहेको थियो ।

m2
कन्सर्टमा रंग पत्रकार अनिल यादव, गायक कुवेर राई र समाजसेवी पशुपति चौधरीलाई सम्मान गरिएको थियो । टुबोर्ग बियरले स्पोन्सर गरेको कन्सर्टको सञ्चालन दिनेश गजमेर र भद्र दुमी राईले गरेका थिए । कन्सर्ट संयोजक सुरज रिङ्गालुङ राईले बढ्दो जनसंख्या र बजारीकरणले झिलझिलेमा सार्वजनिक शौचालयको अभाब रहेकाले त्यसको निर्माणका लागी कन्सर्ट गरिएको बताए । समाजका अध्यक्ष कविराज चाम्लिङले कार्यक्रम नाफा मुखी नभएर सेवामुखी भएको दाबी गरे ।

Comments