श्रोताका मनमा मञ्जरी
screennepal
प्रकाशित: २०७२, २४ कार्तिक मंगलवार
no img

काठमाडौं । राकेश काफ्लेको तुलसी मञ्जरी..प्रीति भाग–२ गीत÷गजल एल्बमको चर्चासँगै यसमा रहेका गीतको म्युजिक भिडियोले पनि चर्चा पाउन थालेको छ यतिवेला । एल्बममा पक्कै अब, बबाल भो, तोडेर नाता, सोह्र पुगी सत्र, नआऊ भो, छाडी हिड्यौ र किस मि बेबीजस्ता गीत समावेश छन् । सिडी. विजय अधिकारी र मनिषा राईको स्वरमा सजिएका यी गीतमा राजु कार्की, बसन्त सापकोटा, फुर्वा घिसिङ, उमेश सुब्बा, मनोज र कृष्ण ढकालले संगीत भरेका छन् भने सबै गीतहरु राकेश काफ्लेले कोरेका हुन् । यस एल्बममा रहेको गीत ‘सोह्र पुगी सत्र टेक्छु अब आउने सालमा’को म्युजिक भिडियो अहिले चर्चामा छ । यसलाई जीवन शाहीले निर्देशन गरेका छन् । मोडल तथा नृत्यांगना पार्वती राईको नृत्य उक्त गीतको भिडियोमा देख्न सकिन्छ ।

manisha rai-1

सिडिएम म्युजिक क्रियशनले बजारमा ल्याएको यो एल्बमको ‘सोह्र पुगी सत्र टेक्छु अब आउने सालमा’को भिडियोमा पार्वतीलाई मोडल सुनिल गुरुङले साथ दिएका छन् । यो भिडियोले यतिवेला सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ । मनिषा र सिडी विजयको जोडी विगत दुई बर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । उनीहरुले नेपाल र नेपाल बाहिर पनि आफ्नो प्रस्तुतीहरुलाई प्रस्तुत गर्दै आएका छन् ।

Comments